पछिल्लो अपडेट:विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २८ गते सोमवार काठमाडौं

 

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।

 

दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

 

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
मृतकको संख्या बढ्नसक्छ ।

 

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । विमान दुर्घटनामा परेका यात्रुहरुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएको छ । अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ । र यहाँ आफन्तजनको रुवाबासीले वातावरण स्तब्ध बनेको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top