पछिल्लो अपडेट: विमानबाट २५ जनाको शव निकालियो

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २८ गते सोमवार काठमाडौं

 

वंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बंङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमान अवतरणका क्रममा रनवेबाट उछिट्एिपछि आगलागी भएको थियो ।

 

दुर्घटनाग्रस्त विमानबाट २५ जनाको शव निकालिएको जानकारी दिए । १६ जनालाई उद्धार गरिएको छ । घाइतेलाई सिनामंगल नर्भिक लगायतका अस्पताल लगिएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए ।

 

जसमा ३७ पुरुष, दुई बच्चा र बाँकी महिला रहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार ३१ जना नेपाली रहेका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top