प्रधानमन्त्रीले वाचा पुरा गरुन्

सम्पादकीय २०७४ फागुन २८ गते सोमवार

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने बताएका छन् । उनले विश्वासको मत माग्दै संसदमा आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताएका हुन् । भ्रष्टाचारले नेपाली समाजमा नकारात्मक सन्देश प्रवाह गरिरहेको छ । साथै, नेपालको मुख्य समस्यानै भ्रष्टाचार भएको छ । भ्रष्टाचारले देशलाई अघि बढ्न दिइरहेको छैन । हरेक काममा भ्रष्टाचारीले जनतालाई शोस्ने गरेका छन् । भ्रष्टाचार गर्नेको संख्या बढ्दै गएको छ । त्यसैले पनि भ्रष्टाचारलाई जरैबाट उखल्न सबै सचेत रहनुपर्छ । भ्रष्टाचारले देशलाई भित्र भित्रै खोक्रो पारिसकेको अवस्था छ । तसर्थ, भ्रष्टाचारलाई न्युनिकरण गर्न ओली सरकार सक्षम बन्नुपर्छ । भ्रष्टाचारलाई न्युनिकरण गर्न सकेमात्र देशको विकास संभव छ । हरेक विकसित राष्ट्रको मुख्य विशेषता भनेकै भ्रष्टाचार कम हुनु हो ।

 

नेपालको सन्दर्भमा हेर्ने हो भने सार्वजनिक पदमा बसेर भ्रष्टाचार गर्नेको संख्या बढ्दो छ । तर, भ्रष्टाचार नियन्त्रण गर्ने निकायले नै भ्रष्टाचारीहरुलाई अभियोजन गरि कठोर निर्णय लिन सकिरहेको छैन । देशको मुख्य समस्या भनेकै गरिब झन् झन् गरिब हुनु र धनी झन्झन् धनी हुनु हो । यस्को मतलब पहुँचमा रहेकाहरुले भ्रष्टाचार गर्दा पनि नियमनकारी निकायले नदेखेझैँ गर्नु हो । तसर्थ, भ्रष्टाचारलाई शुन्यमा ल्याउन सरकारले विशेष योजना बनाउन आवश्यक छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने अभिव्यक्ति वास्तविकतामा पनि कार्यान्वयन हुन जरुरी छ । भ्रष्टाचारीलाई निरुत्साहित पार्न सम्बन्धित निकायले कडा नियम ल्याउन आवश्यक छ । साथै, भएका निति, नियमलाई पनि कार्यान्वयन गरिनुपर्छ । अतः प्रधानमन्त्रीले आफ्नो कार्यकालमा भ्रष्टाचारलाई कम गर्न विशेष कदम चाल्न आवश्यक छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top