सिन्धुली मै अव शुद्ध ललीपप उत्पादन हुने

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २८ गते सोमवार सिन्धुली

 

सिन्धुली मै अव शुद्ध ललीपप उत्पादन हुने भएको छ । सिन्धुलीमाढीमा रहेको सौगात लघु उद्यम सहकारी संस्थाले शुद्ध ललीपप उत्पादन गर्ने भएको हो । सिन्धुलीमाढीमा संचालित ३ दिने ललीपप सम्बन्धी सिपमुलक तालिम लिएका संस्थाका सदस्यहरुले ललीपप उत्पादन गर्न थालेका हुन् ।

 

घरेलु तथा साना उद्योग सिन्धुली, मेडेप सिन्धुलीको सहयोग तथा श्री सिन्धुलीको आयोजनामा भएको उक्त तालिम आइतवार समापन भएको छ । सौगत लघु उद्यम सहकारीका अध्यक्ष विमला थापाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रममा विच तालिम समापन गरिएको सौगात लघुउद्यम सहकारी संस्थाले जनाएको छ ।

 

तालिम लिएका सहकारीका महिला सदस्यहरुले दैनिक ललीपप उत्पादन गर्नेगरी काम सुरु गरिएको बताएका छन ।

 

समापन कार्यक्रमका प्रमुख अतिथी कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीले सहकारीलाई व्यवसायीक काममा लाग्न आग्रह गर्दै आगामी दिनमा सहकारीलाई व्यवसायीक काम गर्न आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top