बिहानै आयो सिन्धुलीबाट दुखको खबर, घाइते बोकेको बुलेरो दुर्घट्ना

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २८ गते सोमवार सिन्धुली

 

सोमबार बिहान मरिन नक्कलीबाट बिवाहको जन्ती लिएर सुनसरीको झुम्का हिँडेको बस छापबजार नजिक दुर्घट्ना भएको छ । दुर्घट्नामा १५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारकालागि काठमाडौँ लग्दै गर्दा पुनः डबल क्याप बुलेरो विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ राँगेबासमा दुर्घट्ना भएको छ । दुर्घट्नामा १५ जना घाइते भएका छन् । एकजनालाई भने काठमाडौँकालागि पुनः रिफर गरिएको छ ।

 

मरिन नक्कलीबाट बिवाहको जन्ती लिएर सुनसरीको झुम्का हिँडेको बस छापबजार नजिक भएको दुर्घट्ना  

 

दुर्घटनामा परी घाईते भएका मध्य १५ जनालाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घट्नामा चालक राजु मगर सहित सुनिता माझी, सन्तोष माझी, निर्मला माझी, गिता माझी, रिता माया माझी, कमला माझी, दमिनि माझी, सन्त लाल माझी, विमला माझी, सन्जु माझी, विर मान माझी र दुर्गा माझी रहेका छन् ।

 

सिन्धुलीको कमलामाई नगरपालिका २ राँगेबासमा भएको डबल क्याप बुलेरो दुर्घट्ना

 

मरिण बाट काठमाडौँ लागि बिरामी लिएर गएको बा १४ च १५३८ नम्वरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाईते भएकाको संख्या बढ्न सक्ने घटनास्थलमा रहेका कमलामाई नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष खड्ग प्रसाद चौलागाँईले जानकारी दिए । वडा अध्यक्ष चौलागाँईका अनुसार गाडी सडकबाट धेरै तल नदेखिने ठाँउमा झरेकाले घाईतेको संख्या बढ्न सक्ने संभावना छ ।

 

घटनास्थलमा अहिले नेपाली सेना, प्रहरी, रेडक्रसकर्मी लगायतको उद्धार टोली गएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण अझै आउन भने बाँकी छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top