पोर्न स्टार डेनियल्स ट्रम्पविरुद्ध मुद्दा हाल्दै

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २७ गते आइतवार काठमाडौं

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पोर्न स्टार स्टर्मी डेनियल्सले मुद्दा हाल्ने भएकी छन् । उनका अनुसार सन् २००६ को सुरुआतमा उनको ट्रम्पसँग अफेयर थियो । तर, ट्रम्पले यो अस्वीकार गर्दै आएका छन् । उनले २०१० मा लुइसियानामा सिनेट पदको चुनाव लडेकी थिइन् तर, आफ्नो उम्मेदवारीलाई गम्भीर रुपमा नलिएको भन्दै नाम फिर्ता लिइन् ।

 

डेनियल्सको दाबी छ कि २००६ मा क्यालिफोर्निया र नेवादाको बीचमा रहेको लेक टोहोय होटलमा उनको ट्रम्पसँग भेट भएको थियो, जतिबेला ट्रम्प एक व्यवसायी थिए । २०११ मा उनले इनटच पत्रिकालाई अन्तरवार्ता दिएकी थिइन्, जुन यस वर्ष जनवरीमा मात्र छापिएको छ, त्यसमा ट्रम्पले दिएको डिनर निम्तामा आफू गएको दाबी गरेकी छन् ।

 

आफूले ट्रम्पसँग शारीरिक सम्बन्ध राखेको उनको दाबी छ, जसलाई ट्रम्पले अस्वीकार गरेका छन् ।

 

ट्रम्पले आफूलाई टेलिभिजन शो ‘एपरेन्टिस’मा स्थान दिने आश्वासन दिएको डेनियल्सको दाबी छ । राष्ट्रपतिको चुनावी दौडमा आउनु अघि ट्रम्प यो टीभी शो चलाउँथे ।

 

पछिल्लो पटक राष्ट्रपति चुनाव अघि डेनियल्सले १ लाख ३० हजार डलर लिएको खबर पनि आएको थियो ।

 

मंगलबार डेनियल्सले ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएकी छन् । उनको दाबी छ कि उनीहरुबीच भएको सम्झौतामा ट्रम्पले हस्ताक्षर गरेनन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top