चलचित्र ‘ भैरे’ को गीत सार्वजनिक …( भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २६ गते शनिवार काठमाडौं

 

चर्चित नायक दयाहाङ राईको मुख्य अभिनय रहेको नेपाली चलचित्र ‘भैरे’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि कलाकार र निर्माण टिमको उपस्थितिमा चलचित्रको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

 

छायांकार पुरुषाेतम प्रधानले खिचेको यस गीतमा चर्चित नृत्य निर्देशक कबिराज गहतराजको आकर्षण कोरियोग्राफीमा नायक द्वय विक्रान्त बस्नेत, बुद्धि तामाङ र नायिका वर्षा सिवाकोटी फिचरमा रहेका छन् । गीतमा बसन्त सापकोटाको शब्द र संगीत रहेको छ । गीतमा गायक यम बराल, चर्चित संगीतकार बसन्त सापकोटा र गायिका मेलिना राईको आवाज रहेको छ ।

 

 

सूर्य थोक्करको द्वन्द्व रहेको यस चलचित्रमा सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल,दयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

 

लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ मा बसन्त श्रेष्ठ र रामजी लामिछानेको पनि कोरियोग्राफी रहेको छ भने चलचित्रको गीतमा अञ्जु पन्त र प्रमोद खरेलले आफ्नो स्वर दिएका छन् । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् भने करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् । चलचित्रलाई बनिश शाहले सम्पदन गरेका छन ।

 

भिडियो:

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top