अमिताभसंग ९ लाख भन्दा बढी मुल्यको कलम

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २६ गते शनिवार काठमाडौं

 

खान नायकहरुको दबदबा रहेको बलिउडमा आज पनि बादशाहको रुपमा चिनिएका अमिताभ बच्चनको लोकप्रियता आन पनि कम छैन । बलिउडमामात्र होईन सम्पुर्ण भारतीयहरुले नै आर्दशको रुपमा हेर्ने अमिताभ बच्चन सम्पत्तीको मामिलामा पनि बादशाह नै हुन् । टेलिभिजनसंगै फिल्ममा पनि लोकप्रियता कमाएका उनीसंग १०.०१ अर्ब सम्पत्ती रहेको खुलेको हो । बिज्ञापनको दुनियामा पनि राम्रै आम्दानी गर्ने अमिताभको ६ बर्षमा सम्पत्ती डबल भएको हो ।

 

सन् २०१२ मा उनको सम्पत्ती ५०० करोड देखाईएको थियो । जुन बढेर आज १००० करोडको आँकडा छोईसकेको छ । उनीसंग अचल सम्पत्तीमात्र ४६० करोड छ भने चल सम्पत्ती ५४० करोड रहेको छ । बिभिन्न देशहरुमा रहेको बैंकमा करोडौ रकम रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उता ज्वेलरीको मामिलामा पनि अमिताभ जया बच्चन भन्दा अगाडी रहेको उल्लेख छ । जयासंग २६ करोडको गहना छ भने अमिताभसंग ३६ करोडको गहना रहेको बताईएको छ ।

 

यसैगरी अमिताभ १३ करोड मुल्य बराबरको १२वटा गाडीको मालिकसमेत हुन् । रोचक कुरा त के छ भने उनीसंग ९ लाख भन्दा बढि मुल्यको कलमसमेत रहेको बताईएको छ । यति सम्पत्तीका मालिक हुँदा हुँदै अमिताभमाथि १०० करोडको ऋणसमेत रहेको सञ्चारमाध्यमले जनाएको छ । उनको यो सम्पत्ती बिबरण भने राज्यसभाको लागि समाजवादी पार्टीले जया बच्चनको नाम दर्ता गराउँदा सम्पत्ती बिबरण बुझाएको थियो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top