यी साउथ इन्डियन अभिनेतासँग ३ सय ६९ ओटा कार छन्

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २४ गते बिहीवार काठमाडौं

 

फिल्मी दुँनियासँग जोडिएका स्टारहरुको कार क्रेज त सबैलाई थाहा छ । उनीहरु महंगामहंगा लक्जरी कारहरु चढने गर्छन् तर तपाईलाई यो थाहानहुन सक्छ साउथका मलायलम र तमिल फिल्मका सुपरस्टार ममुटीसँग एक दुई मात्रै होइन उनीसँग ३६९ वटा कार छन्

 

यतिमात्रै होइन् ममुटीले केहीवर्ष पहिले भारतको पहिलो मारुती–८०० पनि किन्नृे इच्छा व्यक्त गरेका थिए । ममुटीले आफ्ना कारहरु राख्नको लागि छुट्टै ग्यारेज बनाएका छन् । उनी धेरैजसो आफै कार हाँक्न मन पराँउछन् ।

 

उनको कलेक्सनमा छन् यस्ता कार

 

तमिल मलायलम फिल्मका सुपरस्टार ममुटीसँग जागुआर एक्सजे–एल सबैभन्दा लेटेस्ट हो । यसको पेट्रोल र डिजेल दुवै भर्सन ममुटीले किनेका छन् । यतिमात्रै होइन यसको रजिष्ट्रेशन नम्बर पनि ३६९ रहेको छ । उनको धेरै जसो कारका नम्बरमा ३६९ अंक रहेको हुन्छ ।

 

यसका साथै टोयोटा ल्याण्डक्रुजर, फरारी, मर्सिडिज र औडी को कैयौं मोडलका कारहरु, पोर्स्र्च, टोयोटा फर्च्युनर, मिनिकुपर एस, बिएमडब्ल्युका तिनमोडलहरु, मित्सुबिसी पजेरो स्पोर्ट, फक्सवागन पेसेट एक्स टु लगाएतका अन्य धेरै कारहरु उनको कलेक्सनमा छ । उनले भारतमा बनेको पहिलो मारुती किन्ने इच्छा पनि व्यक्त गरेका थिए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top