विश्वका दश अर्बपति महिलाहरु

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २३ गते बुधवार काठमाडौं

 

 

यो वर्ष अर्बपतिहरुको सूचीमा अर्को रेकर्ड बनेको छ । विश्वभरको अर्बपति हुने महिलाहरुको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ । सन् २०१८ मा सबैभन्दा धेरै २५६ जना महिला अर्बपति सूचीमा अटाएका छन् । तिनको सम्पत्तिको कुल योग १० खर्ब अमेरीकी डलर रहेको छ । यो मूल्य अघिल्लो वर्षभन्दा २०% बढी हो ।

 

सूचीको शीर्षमा रहेका अधिकाशं महिलाले अंशमा सम्पत्ति पाएको भएपनि एक चौथाई अर्बपति महिलाले भने आफ्नै बलबुतामा सो स्थान बनाएका हुन् । स्वनिर्मित अर्बपति महिलाहरुको सङ्ख्या अघिल्लो वर्ष ५६ बाट बढेर यो वर्ष ७२ पुगेको छ ।

 

एलिस वाल्टनले विश्वको सबैभन्दा धनी महिलाको ताज पाएकी छिन् । उनको सम्पत्ति ३३.८ अर्ब डलरबाट बढेर ४६ अर्ब डलर भएको छ । वालमार्टका संस्थापक स्याम वालमार्टकी एकमात्र छोरी एलिस समग्र अर्बपतिको सूचीमा १६ औं स्थानमा रहेकी छिन् । पछिल्लो समय एमेजनसँगको प्रतिस्पर्धामा वालमार्टले निक्कै आक्रामक कदमहरु चालिरहको छ । केही अघि उसले बजफिडको सहकार्यमा भाञ्छा उत्पादनहरु शुरु गरेको छ साथै यसले कपडाको छुट्टै ब्राण्ड शुरु गर्ने वाला छ ।

 

वाल्टनले अघिल्लो वर्षकी सबैभन्दा धनी लोरियलकी उत्तराधिकारी लिलियन बेटेनकोटको शीर्ष स्थान लिएकी छिन् । बेटेनकोटको सेप्टेम्बर २०१७ मा ९४ बर्षको उमेरमा निधन भयो । उनको सम्पत्ति पाएकी उनकी एकमात्र सन्तान फ्रान्स्वा बेट्टेनकोर्ट मेयेर्स दोश्रो स्थानमा रहेकी छिन् । उनले आफ्नी आमाबाट अघिल्लो वर्ष अशंमा पाएको सम्पत्तिमा बृद्धी गरेपनि वाल्टनको सम्पत्तिमा भएको उल्लेख्य बृद्धीका कारण उनी दोश्रो धनी बन्न पुगिन् ।

 

मेयेर्सको सम्पत्ति सो विशाल सौन्दर्य उद्योगको ३३% सेयरबाट आएको हो । लोरियल फ्रान्स्वाको हजुरबुवा युजिन स्कुलरले सन् १९०९ मा स्थापना गरेका थिए । उनको नेतृत्वमा सो उद्योग पेरिसका हजामहरुलाई कपाल रङ्गाउने उत्पादन बेच्ने सामान्य उद्योगबाट घरेलु नामको रुपमा स्थापित भएको थियो ।

 

तेस्रो स्थानमा छिन् २५ अर्ब अमेरीकी डलरकी मालिक सुस्यान क्लेट्टेन । उनको सम्पत्ति भनेको मुख्यत वीएमडब्लुमा रहेको उनका नाममा अंश आएको शेयर हो ।

 

धनी महिलाको शीर्ष १० मा रहेका ८ जनाले सम्पत्ति अशंमा पाएका हुन् । बाँकी दुई अष्ट्रेलियाकी गिना रिनेहार्टले फलाम प्रशोधनबाट सम्पत्ति आर्जन गरेकी हुन् भने अमेरीकी अविगायल जोनसनले परिवारबाटै पाएको सामान्य व्यवसायलाई आफ्नो नेतृत्वमा बृहद बनाएकी हुन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top