अतिक्रम गरी बनाइएका घर टहरा भत्काईने

बुद्ध नेपाली २०७४ फागुन २३ गते बुधवार सिन्धुली

 

बर्दिवास –सिन्धुली बनेपा विपि राजमार्गको कालोपत्रे भएको क्षेत्र बाहेका केन्द्रविन्दुबाट १५/१५ मिटर भित्र अतिक्रमण गरेर बनाइएको संरचनाहरु भत्काईने भएको छ ।

 

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मंगलवार सिन्धुलीमाढीमा भएको अतिक्रमण सम्बन्धि बैठकले विपि राजमार्ग अन्तर्गत सिन्धुली खण्डमा कालोपत्रे भएका क्षेत्र बाहेक केन्द्रविन्दुबाट १५/१५ मिटर भित्र कतिपय स्थानमा अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहराहरु हटाउने निर्णय गरेको हो ।

 

सिन्धुली क्षेत्र नं.१ प्रदेशसभा (क) का सांसद लेखनाथ दाहाल (राजन) (ख) प्रदेशसभाका सांसद प्रदिप कटुवाल, कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री, गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्की, सुनकोशी गाउपालिकाका अध्यक्ष दिपा बोहोरा, वडा अध्यक्षहरु, बर्दिवास –सिन्धुली बनेपा विपि राजमार्ग आयोजनाका प्रमुख राकेश महर्जन लगाएतको उपस्थिती रहेको बैठकले अतिक्रण गरि बनाइएको घर टहराहरु हटाउनका लागी एक महिनाको समय दिने र भत्काउन आवश्यक सहयोग गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।

 

साथै बैठकले विवादित रहेको विषय १५/१५ मिटर बाहेकको जग्गाको सम्बन्धमा उपयुक्त निर्णयको लागी आवश्यक पहल गर्न सडक विभाग मार्फत सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top