जुनार सुपरजोनको तालिम

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २३ गते बुधवार सिन्धुली

 

सिन्धुलीमाढीमा मंगलवार देखि कृषि यन्त्र, औजार उपकरण सञ्चालन तथा मर्मत सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । वि.टि.एल ट्रेड प्रालि धोवीघाट ललितपुर, श्रेष्ठ ट्रर्डस सिन्धुलीको प्राविधिक सहयोग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाइ जुनार सुपरजोन सिन्धुलीको आयोजनामा तालिम संचालन भएको हो ।

 

कृषिमा यान्त्रिकीकरण बढाउनका लागी सामान्य रुपमा किसानहरुले मेसिन औजार कसरी सञ्चालन गर्ने, कुन वालीमा कस्तो मेसिन औजार प्रयोग गर्ने भन्ने कुराको जानकारी दिन तालिमको आयोजना गरिएको जुनार सुपरजोन सिन्धुलीका प्रमुख ललन कुमार सिङले जानकारी दिए ।

 

तालिममा जुनार पकेट क्षेत्र गोलन्जोर गाउँपालिकाका जुनार किसानहरुको सहभागीता छन । गत आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाइ जुनार सुपरजोन सिन्धुलीले प्रदान गरेको कृषि यन्त्र, औजार उपकरण धनी जुनार किसानहरुलाई तालिम प्रदान गरिएको हो ।

 

तालिम पश्चात उत्कृष्ट ठहरीएका केही किसानहरुलाई कृषि औजार उपकरण मर्मतको काम व्यवसायीक रुपमा गर्न सक्ने बनाउन फेरि अर्को चरणमा तालिम प्रदान गरिने प्रमुख सिङले जानकारी दिए ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top