नेपाली काँग्रेस भित्र दलितको राजनिति

भरत वि.क. २०७४ फागुन २२ गते मंगलवार

 

लेखक : भरत वि.क. 

 

समावेशीकरण र उत्थान

 

२१औँ शताब्दीमा आईपुग्दा र देशको अवस्था हेर्दा पनि नेपाली काँग्रेस पार्टीको भुमिका कस्तो रह्यो भन्ने कुराको जानकारी गराउनु पर्ने छैन ।नेपाली काँग्रेसको स्थापनाकालदेखी नै दलितहरुलाई समावेश गराउदै आएको छ । जुन यस्तो पार्टी हो होकी दलित हरुलाई संरक्षण गरेर राख्ने वा सम्माले पार्टी भनेको नेपाली काँग्रेस हो ।

 

नेपाली काँग्रेसले पार्टीको अधिवेशनमा दलितहरुलाई पार्टीमा प्रतिनिधित्व गराउन समावेशी कोटा राखेको छ । पार्टीको ५ औ अधिवेशनमा २००९ सालमा नै धनमानसिंह परिवारलाई माहामन्त्री जस्तो गरिमामय पदमा दलितको नेतृत्व हुन पुगेका थिए । नेपाली काँग्रेस को नेतृत्व पनि दलित ले गरेका छन । पछिल्लो समयमा आउदा नेपालमा निकै कम्यूनिष्ट पार्टीरुको उदय भए र त्यसमा पनि उनिहरुको नारा नै दलित र गरिबको लागी हाम्रो पार्टी भन्छन तर त्यास पार्टीमा भित्र कुनै प्रतिनिधित्वा गर्नको लागि दलित लाई कुनै समावेशी कोटा भने छोईन । कम्यूनिष्ठ पार्टि भित्र नेतृत्वको कुनै कदर छोईन दलितहरुमा भ्रम फैलाएर दलित र गरबि माथि राजनिति गरिरहेका छन ।

 

२००७ सालको जनक्रान्तिको दौरानमा तत्कालिन नेपाली समाजमा जरा गाडेर वसेको जातपात र छुवाछूत वा जातीय उच नीच व्यवहार विरुद्ध सैद्धातिक प्रतिरोध गर्दै ‘जात पात मान्दैनौ, संगै वसौं, संगै खाऔं, भात भताहाको खूसी” भन्ने राष्ट्रिय नारा लिएर नेपाली काँग्रेसले सामाजिक जागरणको अभियान संचालन ग¥र्यो ।नेपालि काँग्रेस यस्तो पार्टि हो कि जुन जोसुकै व्यातिm पनि स्वातन्त्र रहनुपर्दछ भन्ने पार्टि हो । नेपालि काँग्रेसले विभिन्न भातृ संस्था तथा सुवेक्छु संस्थाको स्थापना गर्दै त्यास ठाँउमा पनि दलित को लागी समावेशी कोटा राखिएको छ । नेपाली काँग्रेसले सबै तह सबै वर्ग र सबैलाई सम्मानका साँथ नेतृत्वाका गर्दै पार्टिको विकास गर्दै आएको छ ।नेपाली काँग्रेसको भातृ संस्था दलित लाई राजनितिमा अगाडी बडाउन को लागी २०५५ सालमा नेपाल दलित संघ को स्थापना भयो । यो संगठन वाडा देखि नै विस्तार भएको छ ।

 

विश्वको लोकतान्त्रित आन्दोलनका चर्चित युग पुरुषहरु महामानव वि.पि. कोईराला, सर्वोच्च नेता गणेशमान सिंह, सुवर्ण शंम्शेर, सन्त नेता कृष्ण प्रसात भट्टराई, लोकनायक गिरिजाप्रसाद कोईराला शुशिल कोईराला लगाएत महान नेता हरुको रगत रपसिनाले स्थापना गरेको पार्टि नेपाली काँग्रेस हो । जो जन्मजात रुपमानै पार्टिलाई समावेशी ढंगबाट संचालन गरेको पाईन्छ । कम्युनिष्टहरुको जस्तो नाराका रुपमा मात्र होईन ऐतिहासिक कालखण्ड देखि नै काँग्रेसले व्यावहारीक रुपमा नै पार्टिलाई समावेशी करणका रुपमा संचालन गर्ने पद्धतिको आत्मासाथ गर्दै आएको छ ।

 

आशन्न स्थानिय तहको निर्वाचनमा धनगडी उपमाहानगरपालिका जस्तो गरीमामय ठाँउमा पनि नेपाल ददित संघका केन्द्रीय सदस्य निर्प उड नेपाली काँग्रेस बाट टिकट लिई निधृकका साँथ विजयहुनुभएको छ ।स्थानिय तहका कति वाडा अध्यक्षतामा विजय हासिल गरेका छन । नेपाल सरकार जस्तो जिम्वेवार ठाँउमा पनि नेपाल दलित संघका केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन विश्वर्कमा वाणीज्य मन्त्री हुनुभयो । यस्तै निकै ठाँउमा नेपाली काँग्रेस भित्रबाट नेतृत् वगर्नको लागी दलित हरुले स्थान पाईरहेका छन । समावेशकिो आधारमा हेर्ने हो भने नेकाँग्रेसले दलित, जनजाति,मुस्लीम महिला सम्पुर्णलाई समावेश गर्दछ ।

 

झन्डै एक चौथाई जनसंख्य ओगोटेको दलित समुदायको समस्य पीडा तथा कहालि लाग्दो भेदभावप्रति संवेदनशिल हुदै नेपाली काँग्रेसको हरेक कार्यकर्ता छुवाछुत उन्मुलनको अभियनमा हातमा हात मिलाउदै यो विभेद प्रति संवेदनशील भएमा देश र जनताले भविष्यमा हुन सक्ने खतरनाक विद्रोहबाट छुटकारा पाउने थिए ।दलितका पिडा वेदना प्रति संम्बोधन गर्ने निति कार्यक्रमको व्यबहारीक कार्यनयन आजको आवश्यकता हो ।

 

त्यो माओवादीको जनयुद्धमा होस चाहे एमालेको सामाजिक क्रान्तीको नारा होस उनिहरु मुलत दलितका समसयहरु पहिचान गरी समाधान गर्न चाहदैन्न । नेपालमा दलित समुदायले माआवादीका निम्ती धेरै रगत बगाए र सहदान प्राप्त गरे । एमालेका निम्ति पनि धेरै पसिना र श्रम खर्च गरे तर आज उनिहरुको पार्टि र भातृ संस्थामा समावेशीकरणको अवस्था के छ ? त्यो घाम जस्तै छर्लग छ । अब ति कम्युनिष्ठ दलितसमूदाएको युवाहरुपनि काँगेसमा आउने जनलहर आएको छ ।अब काँग्रेसले यस्ता युवा हरुलाई भातृ संस्था हरुको जिम्वेवार ठाँउमा राख्दै आएको छ अब दलितका युवा हरुले पनि कम्युनिष्ठको झुटको खेति र जातीय राजनिति बुझीसके ।

 

नेपाली समाजका पेशागत जात समुदाय जसलाई भेदभावमूलक कानून वनाएर ईतिहासको लामो युग देखि नै राज्यद्वारा शोषण र अन्याय गरियो र उनीहरुलाई राज्यका हरेक अवसर र सुविधावाट पूर्णरुपले वञ्चित गराई आर्थिक, राजनीतिक—प्रशासनिक, सामाजिक—साँस्कृतिक र शैक्षिक क्षेत्रमा कमजोर र उत्पीडित वनाईयो त्यो समुदाय नै आजको दलित समुदाय हो । आर्थिक दृष्टिले शोषित, शैक्षिक दृष्टिले उपेक्षित, धार्मिक—साँस्कृतिक दृष्टिले अपहेलित र राजनीतिक प्रशासनिक दृष्टिले वहिस्कृत ९ भ्हअगिमभम ० तथा २०२० सालको मुलुकी ऐन लागु हुनु भन्दा अघि सम्म वैधानिकरुपमै र त्यस पछि सामाजिक प्रचलनको रुपमा छुवाछुतको व्यवहार गरिदै आएका हिमाल, पहाड र तराईका २२ वटा जात समुदायहरुलाई उनीहरुको समग्र अवस्थाको सामूहिक पहिचानका लागि दलित समुदायकोरुपमा सम्वोधन गरिन्छ ।

 

नेपाका समग्रह राजनिति दलहरुमध्ये दलित समूदायलाई स्थापना कालदेखी नै सहानुभुति र माय राख्ने र समाज परिर्वतनमा उल्लेख्य भुमिका खेल्ने पार्टि ने नेपाली काँगेस हो । २०५२ सालमा नेपाली काँग्रेस बाट बनेको प्रधानमन्त्री शेरबाहादुर देउवाको नेतृत्वसरकारले शिक्षाबाट वञ्चित दलित समुदायका बालबालिकाको लागी अनिवार्य भर्ना र उनिहरुलाइृ निएमित विधालय जाने वातावरण सिर्जना गर्न बार्षीक २५० छात्रवृति विधालय बाटै प्रदान गर्ने वातावरण मिलाए । सोही सरकारले नेपालमा दलित समुदायको आर्थिक सामाजिक एवमशैक्षिक विकासका लागी अधिकार समपन्न छुटै निकायको महसुस गरि स्थानिय विकास मन्त्रालयको मातहतमा रहने गरि उपेक्षित, उत्पिडित रदलित वर्ग उत्थान विकास समिति बनाए र दलितसमुदायको उच्चशिक्षा हासिल गर्न र हरेक क्षेत्रको प्राप्त गर्न थाले ।

 

२०५६ सालमा पुर्न नेपाली काँग्रेसको सरकार बन्यो र दलितका अधिकार सुरक्षित गर्नका लागी दलितका समस्य समाधान गर्नको लागी राष्टिय दलित आयोग को स्थापना गरे । दलित हरुको समावेशी र उत्थानको लागी नेपाली काँग्रेस दलित समुदायका लागी अपरिहार्य छ । त्यसैले वि पि ले परिक्लपना गरेको प्रजातान्त्रीक समाजवाद नै आजको विश्वव्यपि लोकप्रीय व्यवस्था हो । दलित समुदाय जति शिक्षित बन्दै जानेछन र विश्व राजनितिको बारेमा अध्यायन गर्दछन त्यसपछि तमांम जनता काँग्रेसको विचारमा समाहित हुन्छन भन्ने विश्वास छ ।

 

 

लेखक नेपाल दलित संघ सिन्धुलीको सचिव हुन

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top