बिवाहपछि महिलाको शरीर यस कारणले बदलिन्छ

सिन्धुली साैगात संवाददाता २०७४ फागुन १९ गते शनिवार काठमाडौं

 

विवाहभन्दा पछि महिलाहरुमा धेरै खालको परिर्वतनहरु देखा पर्छन् । चाहेर पनि महिलाहरु पहिलाजस्तो रहन सक्दैनन् । खासमा द ओबेसिटी नामक जर्नलमा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार विवाहको ५ वर्षभित्र महिलाको शरीरमा द्रुत गतिमा हर्मोनसँग सम्बन्धित परिवर्नहरू देखापर्दछन् जसका कारण ८२ प्रतिशत महिलाको तौल ५ देखि १० किलोसम्म बढ्न जान्छ ।

 

उनीहरूको छाती, नितम्ब, पेट तथा खुट्टाको आकार बढ्दछ । अमेरिकन साइकोलजिकल एसोसिएशनको एक अध्ययनले बताए अनुसार उक्त शारीरिक परिवर्तनका कारण आफ्नो श्रीमानसँगको नयाँ सम्बन्धले निम्त्याएको हर्मोनको परिनर्तन नै हो ।

 

विवाहपछि महिलाको वजन बढ्नु एवं शारीरिक परिवर्तनहरू देखिनुका मुख्य कारणहरू यस्ता छन् :

 

निन्द्रा पुरा नहुनु :- विवाहपछि धेरैजसो महिलाहरूको सुत्ने समय र तरिका बदलिन पुग्छ । व्यवहारिकताका कारण कतिपय अवस्थामा निन्द्रा पुग्ने गरी सुत्न पनि पाउँदैनन् । यदि सुताइ अवधी ७ घण्टाभन्दा कम हुन गयो भने बिस्तारै तौल बढ्न थाल्दछ ।

 

हर्मोनको परिवर्तन :- विवाहपछि बदलिंदो लाइफस्टाइलका कारण महिलाको शरीरमा विभिन्न किसिमका हर्मोनसँग सम्बन्धित परिवर्तनहरू देखा पर्दछन् । जसका कारण तौल बढ्न जान्छ ।

 

बढ्दो उमेर:- अध्ययनको अनुसार बढ्दो उमेरसँगै महिलाको मेटाबोलिज्म दर कम हुन गई फ्याट बर्निंग प्रोसेस ढिलो हुन जान्छ । परिणामस्वरुप वजन बढ्न शुरु हुन्छ ।

 

सामाजिक दवाब कम हुनु :- विवाहअघि आफ्ना आफन्तले सुन्दर देखिनको लागि वजन कम गर्न र फिट रहन दवाब दिइरहन्छन् । जुन विवाहपश्चात् स्वतः हटेर जान्छ । शरीरलाई सन्तुलित राख्ने चिन्ता रहँदैन ।

 

टिभी धेरै हेर्नु :-बिहे भएपछि महिलाहरू परिवारसँग बसेर गफ गर्ने र टिभी हेर्ने काममा बढी समय दिन थाल्दछन् । जसका कारण शरीर निष्कृय हुन गई मोटाउने क्रम शुरु हुन्छ ।

 

तनाव बढ्नु :- विवाह गरेर पतिको घरमा आएपछि नयाँ वातावरणमा घुलमिल हुन समय लाग्ने गर्दछ । यसरी महिलाले तनाव झेल्नु पर्ने बाध्यताको कारण बिस्तारै तौल पनि बढ्दछ ।

 

गर्भधारण :- प्रायः विवाहित जोडीहरूले विवाह गरेको एक वा दुई वर्ष्भित्र पारिवारिक योजना बनाएर सन्तान जन्माउन तयार हुन्छन् । गर्भावस्थाका कारण उत्पन्न विभिन्न किसिमका हर्मोनसम्बद्ध परिवर्तन र डाइटका कारण मोटाउन शुरु हुन्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top