बुद्धिमान मानिसको ३ बानी ज्यादै खराब हुन्छ

सिन्धुली साैगात संवाददाता २०७४ फागुन १९ गते शनिवार काठमाडौं

 

मानिसका आनीबानी, स्वभाव र व्यवहार फरक फरक हुन्छन् । त्यसो त मानिसका आनीबानी एकअर्कामा नमिल्ने पनि होइन । मानिसका व्यवहार आनीबानीबाट उसका धेरै पक्षको बारेमा जानाकरी गर्न सकिन्छ । सबै आनीबानी एउटै भएका मानिस भेटाउन पनि मुस्किल हुन्छ भने सबै बानी फरक भएका मानिस भेटाउन पनि सायद सकस नै पर्दछ । जो कोही मानिसका हरेक पक्षहरु सही नहुन सक्छन् । केही न केही कमजोरी मानिसमा हुने नै गर्दछ भने सबै आनीबानी खराब मात्रै भएको मानिस पनि हुँदैन । तर खराब पक्ष भएपनि त्यसलाई सुधार्ने प्रयत्न भने गर्नुपर्छ ।

 

यसको अर्थ सबै बुद्धिमान व्यक्तिको स्वभाव यस्तै नै हुन्छ भन्नुभन्दा पनि अधिकांश बुद्धिमान मानिसको स्वभाव यस्तै हुन्छ । जुन बानीलाई खराब पनि मानिन्छ ।

 

१. कुरैपिच्छे कसम खानेः कुरैपिच्छे कसम खाने मान्छे सँग सँगत गर्नुपर्दा साँच्चीकै दिक्क लाग्छ । किनकी यस्ता मानिस झनै भरोसायोग्य हुँदैनन् । यस्ता मानिसहरु आफ्नो गल्ती तथा नियत ढाकछोप गर्नका लागि कसमको सहारा लिइरहेका पनि हुनसक्छन् । तर एक अध्ययन अनुसार कसम खाइरहने यस्ता व्यक्तिहरु दिमागी रुपमा चाहीँ तेज हुन्छन् । यिनीहरुको रवैया अन्य सामान्य मानिसभनदा फरक हुन्छ र प्रष्टै पहिचान गर्न सकिन्छ ।

 

२. रातमा कम निदाउनेः बुद्धिमान मानिसहरु मन्द बुद्धिका मानिसको तुलनामा कममात्र सुत्दछन् । रातमा अबेरमात्र सुत्दछन् । बुढापाकाको भनाई अनुसार रातमा छिटो सुत्ने र बिहान सबेरै उठ्ने मानिस बुद्धिमान हुनुपर्नेहो । तर वैज्ञानिक रुपमा चाहीँ यसको उल्टो छ । एक अध्ययन अनुसर जो मानिसको आइक्यू ७५ को आसपास छ उनीहरु रातमा ११ बजे अगावै सुत्दछन् भने जसको आइक्यू १२५ भन्दा बढि छ उनीहरु रातको १ बजेपछि मात्र सुत्दछन् ।

 

३. भद्रगोल बसाईः इन्टेलिजेन्ट अर्थात् बुद्धिमान मानिसहरुको एक अर्को खराब बानी हुन्छ की बस्ने कोठा भद्रगोल बनाउनु । जब तपाइँ त्यस्ता मानिसहरुको कोठामा जानुहुन्छ तब उनीहरुको कोठा तपाइँलाइ कहिल्यैपनि सुव्यवस्थित तथा सफाचट लाग्दैन । सामानहरु छरिएका हुन्छन् । बुद्धिमान मानिसहरु आफ्ना सामानहरु मिलाएर राख्दै जान्दैनन् । शोधकर्ताहरुका अनुसार आफ्नो आसपास हुने छरिएका सामानहरुकै माध्यमबाट उनीहरुलाई केही फरक ढंगले सोँच्ने क्षमता पैदा भएको हुन्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top