सिन्धुली पोलिक्लिनक प्रा.लि को उद्घाटन

सिन्धुली साैगात संवाददाता २०७४ फागुन १९ गते शनिवार सिन्धुली

 

 

सिन्धुली पोलिक्लिनक प्रालिको शुक्रवार एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

 

प्रदेश सांसद प्रदिप कटवाल, विनोद खड्का, राजन दाहाल र जिल्ला अस्पताल सिन्धुलीका मेडिकल अधिकृत डाक्टर पुष्पराज अधिकारीले एक कार्यक्रमको उद्घाटन गरेको हो ।

 

पोलिक्लिनक उद्घाटनका अवसरमा रक्तदान कार्यक्रम, र ५० प्रतिशत ल्यावमा छुट दिएको सिन्धुली पोलिक्लिनकका प्रवन्ध निर्देशक डाक्टर दिन्जुल कटवालले जानकारी दिए । त्यस्तै शुक्रवार र आज शनिवार निःशुल्क स्वास्थ्य परिक्षण गरिने समेत उनले बताए ।

 

धुराबजारमा खोलिएको पोलिक्निले जिल्लामै सवैभन्दा राम्रो प्रविधि मार्फत छिटो र सहज तवरले ल्याव टेस्ट गर्ने डाक्टर कट्वालले जानकारी दिए ।

 

सुगर र मुटु रोगका विरामीहरु उपचारका लागि अव बाहिर जान नपर्ने डाक्टर कटवालको भनाई छ । विरामीहरुको २४ सै घण्टा एमविविएस डक्टरले सेवा दिने जनाइएको छ ।

 

सिन्धुलीमै जन्मिएर, सिन्धुली नै स्थानिय ठेगाना भएका डक्टरहरुले सिन्धुली पोलिक्लिनकको स्थापना गरिएको डाक्टर कटवालले जानकारी दिए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top