नेपाल शिक्षक महासंघको अध्यक्षमा बुढाथोकी

सिन्धुली साैगात संवाददाता २०७४ फागुन १८ गते शुक्रवार सिन्धुली

 

 

नेपाल शिक्षक महासंघ मरिण गाउँपालीकाकोे प्रथम अधिबेशन शुक्रवार सम्पन्न भएको छ ।अधिवेशनले देबि बहादुर बुढाथोकीको अध्यक्षतामा १७ सदस्यीय नया कार्य समिति चयन गरेको छ ।

 

सह अध्यक्ष पदम लाल भोलन, महिला उपाध्यक्ष उर्मिला पुरी, उपाध्यक्ष बेनुपराज उप्रेती, सचिबमा तुल बहादुर माझी, सह सचिबमा भिम प्रसाद काफ्ले, सह सचिब राम लाल घोले, सह सचिब अर्थ गणेश प्रसाद देवकोटा, सदस्यहरु बिष्णुमाया योन्जन, बिनिता अधिकारी, रेवती हुमागाई, चन्द्र स्याङ्तान , भिम बहादुर यस्माली, लोक बहादुर गरम्जा, साबित्रा उप्रेती, महेन्द्र मन्डल, कवि बहादुर ठाडा चयन भएका छन ।

 

नेपाल शिक्षक संघ मरिणका अध्यक्ष वृज गोलेको अध्यक्षता तथा नेपाल राष्टिय शिक्षक संगठन सिन्धुलीका अध्यक्ष पुरुषोतम पहाडीको प्रमुख आतिथ्यतामा तथा नेपाल शिक्षक संघ सिन्धुलीका उपाध्यक्ष सुमन कोइराला लगाएतको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top