एमाले स्थायी समिति बैठक ब्यापारीको घरमा

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ फागुन २ गते बुधवार काठमाडौं

 

 

नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई निचोडमा पुर्‍याउन अहिले नेकपा एमाले स्थायी समितिको बैठक ललितपुरको मानभवनमा बसिरहेको छ ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट निर्माण व्यवसायी तथा नेता शारदाप्रसाद अधिकारीको घरमा केही बेरअघिबाट पार्टी अध्यक्ष केपी ओलीको आह्वानमा एमाले स्थायी समितिको बैठक बसिरहेको हो । यो बैठकले नेकपा माओवादी केन्द्रसँग एकताका लागि भएको सहमतिलाई अनुमोदन गर्ने स्रोतले जनाएको छ।

 

जनयुद्धको समयदेखि नै माओवादीमा सक्रिय अधिकारीको घरैमा बुधबार मध्यान्ह आधा घण्टासम्म एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएपछि एमाले स्थायी समितिको बैठक बसिरहेको हो ।

 

ओलीले आफू र प्रचण्डबीच भएको सहमति पार्टीमा अनुमोदन गराउन लागेको अनुमान गरिएको छ ।

 

एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बस्नुअघि माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठक बस्ने भएको छ।

 

 

बैठक पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्न लागेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

 

‘पार्टी एकता संयोजन समितिको बैठक अगाडि हाम्रो कार्यालयको विस्तारित बैठक बस्न लागेको हो’, भुसालले भनिन्।

 

पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सम्मिलित एकता संयोजन समितिको बैठक आज दुई बजेका लागि तय गरिएको छ।

 

माओवादी केन्द्रको कार्यालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँगको छलफलका विषयमा ‘ब्रिफिङ’ गर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

 

यसै बीच वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्नेगरी सहमति गरेका छन् । जनताको जनादेश विपरित पार्टी एकता नगरी सत्तामा मिलेर रजाँइ गर्ने सहमति गरेका हुन्।

 

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा सरकारको नेतृत्व ओली र प्रचण्डले आलोपालो गर्नेगरि सहमति गरेको विशेष सूत्रले जानकारी दिएको छ ।

 

स्रोतका अनुसार सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले गर्नेगरि सहमति भएको हो । ललितपुरको एक घरमा भएको वार्ता बिहान १० बजेदेखि ३ घण्टासमम्म चलेको थियो । वार्ता सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

वार्ता राजनीतिक परिस्थिति र पार्टी एकताबारे भएको थियो । आजको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने बिषयमा सकारात्मक रहेको बताइएको छ । एमालेका केही नेताहरुले पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताउँदै आएका थिए । यही बेला माओवादी अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्ति आएपछि हलचल मच्चिएको थियो ।

 

आलोपालो सरकारको नेतृत्वमा सहमति भएपछि यो वीचमा एकतको लागि प्रयास गर्ने नभए पनि गठबन्धन कायम गर्दै अघि बढ्ने पनि ओली र प्रचण्डवीच सहमति भएको हो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top