सडकक्षेत्र किटान नहुदा आवास निर्माणमा समस्या

सिन्धुली साैगात संवाददाता,सिन्धुली २०७४ फागुन २ गते बुधवार काठमाडौं

 

जिल्लाको मरिण गाउपालिका स्थित कपिलाकोटछाप क्षेत्रमा निर्माणाधीन धरान—चतरा—गाईघाट—कटारी—सिन्धुली—हेटौंडा सडक पश्चिम खण्डको क्षेत्र किटान हुन नसक्दा सडक आसपासका भुकम्प पीडतहरुले घर आवास निर्माण गर्न सकेका छैनन् ।

 

धरान—चतरा—गाईघाट—कटारी—सिन्धुली—हेटौंडा सडक पश्चिम खण्ड आयोजनाले सडकको क्षेत्र निर्धारणका बारेमा स्थानीय तह र सडक आसपासका स्थानीयलाई स्पष्ट जानकारी गराउन नसक्दा सडक आसपासका भुकम्प पिडीतहरुले समयमै घर आवास निर्माण गर्न नपाएको स्थानीय शम्भु कार्कीले बताए ।

 

सुनसरी जिल्लाको धरानदेखी चतरा हुदै उदयपुर जिल्लाको गाईघाट, कटारी र सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडीहुदै हेटौंडा सम्मको कुल ३१८ किलो मिटरको सडक ७ मिटरको चौडा हुने भनिएता पनि निर्माणको चरणमा लागु नभएको जनाउदै स्थानीयले आयोजना र नेपाल सरकारलाई सडकको क्षेत्र जानकारी गराउन माग गरेका हुन् ।

 

मरिण गाउ“पालिकाका कपिलाकोटको छाप क्षेत्रका भुकम्प पिडितहरुले सुरक्षित घर आवास निर्माणकालागि सडक क्षेत्र किटानको पर्खाईमा रहेको लामो समय बिती सफ्दा समेत आपसी समन्वय र सम्वाद हुन नसक्दा घर आवास निर्माण गर्न कठिनाई भएको अर्का स्थानीय श्रीलाल माझीले औल्याएका छन् ।

सडक आसपासका स्थानीयहरुले धरान—चतरा—गाईघाट—कटारी—सिन्धुली—हेटौंडा सडक पश्चिम खण्डकालागि आवस्यक पर्ने जग्गाहरु अधिग्रहण गर्न कुनै बाधा अबरोध नगर्ने बताएता पनि सडक दायाबाया ११ मिटर भन्दा बढीको क्षेत्रका आफ्ना अमूल्य जग्गाहरुको भने मुआब्जा दिलाउन समेत माग गरेका हुन् ।

 

माझी तामाङ लगाएतका जनजातीहरुको बसोवास रहेको मरिण गाउ“पालिकाको कपिलाकोट र छा“प क्षेत्रका भुकम्प पिडितहरुले समयमै आवास निर्माण गर्न नसक्दा सरकारी निकायले प्रदान गर्ने अनुदान रकम समेत खर्च हुन नसकेको जिल्ला स्थित भुकम्प पुन निर्माण प्राधिकरणले जनाएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top