नेपाल शिक्षक महासंघका अध्यक्षमा पहाडी निर्वाचित

बुद्ध नेपाली ,सिन्धुली २०७४ फागुन २ गते बुधवार काठमाडौं

 

शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको नयाँ नेतृत्वको अध्यक्षमा केशवराज पहाडी निर्वाचित भएका छन ।

 

मंगलवार सिन्धुलीमाढीमा भएको महासंघको प्रथम जिल्ला अधिवेशनले नेपाल राष्ट्रिय शिक्षक संगठनका पहाडीलाई अध्यक्षमा सर्वसम्मतीमा निर्वाचित गराएको हो । अधिवेशनबाट महासंघका सवै पदाधिकारी सर्वसम्मतीमा निर्वाचित भएका छन् ।

 

महासंघको सहअध्यक्षमा नेपाल शिक्षक संघका रमेश प्रसाद देवकोटा निर्वाचित भएका छन । उपाध्यक्षमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका रोमन राना, महिला उपाध्यक्षमा एकिकृत अखिल नेपाल शिक्षक संगठनकै लिला ढकाल, सचिवमा पनि एकिकृत अखिल नेपाल शिक्षक संगठनकै विष्णु प्रसाद फुयाल निर्वाचित भएका छन् ।

 

त्यस्तै सहसचिव अर्थमा नेपाल शिक्षक संघका शंकर प्रसाद न्यौपाने, अर्का सहसचिवमा नेपाल राष्ट्रिय शिक्षक संगठनका नेत्र बहादुर सुनुवार, महिला सहसचिवमा नेपाल शिक्षक संघका कमला घिमिरे सर्वसम्मतीमा निर्वाचिति भएका छन् ।

 

त्यस्तै अधिवेशनबाट महासंघको संस्थागत सहसचिवमा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट भिम प्रसाद अधिकारी, एकिकृत अखिल नेपाल शिक्षक संगठनबाट सुर्य बहादुर क्षेत्री र नेपाल शिक्षक संघका मदन बराललाई सर्वसम्मतीमा निर्वाचित भएका छन् । महासंघको संस्थागत सहसचिवमा महासंघमा आवद्ध तिनै संगठनबाट छनोट गरिएको हो ।

 

प्रथम जिल्ला अधिवेशनबाट महासंघको राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट भवानी देवकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठनकै पवन राज दाहाल, एकिकृत अखिल नेपाल शिक्षक संगठनबाट नवराज थिङ, एकिकृत अखिल नेपाल शिक्षक संगठनकै जमुना काफ्ले, नेपाल शिक्षक संघबाट मोहन शाही ठकुरी र नेपाल शिक्षक संघबाटै मीना दाहाल निर्वाचित भएका छन् ।

 

महासंघको कुल ४१ सदस्यमा महासंघले मनोनित गर्ने सदस्य बाहेक अधिवेशनबाट ३६ सदस्य सर्वसम्मतीमा निर्वाचित भएका अधिवेशन निर्वाचन समितिले जनाएको छ ।

 

‘अधिकार र कर्तव्यका लागी शिक्षक एकता’ भन्ने नाराका साथ सुरु भएको अधिवेशन नेपाल शिक्षक महासंघका संयोजक बुद्धि नारायण मिश्रको अध्यक्षता तथा नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी किशोर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 

नेपाल शिक्षक महासंघमा जिल्लामा तिन पेशागत शिक्षक संगठनहरु आबद्ध छन् । यी नै तिन आबद्ध भएका संगठनहरुको आन्तरिक सहमतीमा महासंघका पदाधिकारी सर्वसम्मतीमा निर्वाचित भएका हुन । महासंघका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथग्रहण पनि मंगलवारनै गरिएको बताइएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top