जनयुद्ध दिवस मनाइयो

सिन्धुली साैगात संवाददाता,सिन्धुली २०७४ फागुन २ गते बुधवार काठमाडौं

 

नेकपा माओवादीका केन्द्र कमलामाई नगर कमिटीले मंगलवार सिन्धुलीमा औपचारिक रुपमा जनयुद्ध दिवस मनाएको छ । कमलामाई नगर कमिटिका इन्चार्ज देवि प्रसाद फुयालको अध्यक्षता तथा सिन्धुली क्षेत्र नंं. २ का प्रतिनिधिसभा सांसद हरिवोल प्रसाद गजुरेलको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।

 

सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बेग्लाबेग्लै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका छन् ।

 

दिवसकै अवसमार अखिल नेपाल ट्रेड यूनियन महासंघ कमलामाई नगरकमिटि पुनःगठन गरिएको छ । सन्जिव गौतमको अध्यक्षमा २१ सदस्यीय नयाँ कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा इच्छा बहादुर नेपाली, सचिवमा भक्त शहादुर श्रेष्ठ र कोषाध्यक्षमा सुशिला पहाडी चयन भएका छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top