जनयुद्धबाट जनताले के पाए ?

सिन्धुली साैगात संवाददाता २०७४ फागुन १ गते मंगलवार काठमाडौं

 

 

फागुन १ अर्थात् जनयुद्ध दिवस । नेपालमा २०५२ साल फागुन १ गते सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झनामा माओवादी र उसका भ्रातृ संघसंगठनले जनयुद्ध दिवस मनाउँदै आएका छन् । १० वर्षे जनयुद्धमा १७ हजारको हाराहारीमा नेपालीको मृत्यु भयो । जनयुद्ध पश्चात् देशले काचुली फेर्छ भन्ने धेरैको सोच गलत ठहरिएको छ । माओवादीले जुन कुराको उठान गर्दै जनयुद्ध शुरु गर्‍यो त्यस्का उपलब्धीहरुलाई भने संरक्षण गर्न सकेको छैन । जनताले बारम्बार गरेको विश्वासलाई जनताले सोँच जस्तो काम गर्न माओवादी सफल भएको छैन । जनयुद्धमासँगै सहकार्य गरेर हिँडेकाहरु अहिले धेरैमा विभाजित भएका छन् । जनताको समस्या र शहिदको सपना पुरा गर्न नेताहरु असफल भएका छन् । जनयुद्धमा ज्यान गुमाएका शहिदहरुलाई माओवादीले सम्मान गर्न सकिरहेको छैन । अहिले पनि शहिदका परिवारहरु हात मुख जोड्ने अवस्थामा छैनन् । तर, जनयुद्धको नेतृत्व गर्नेहरुले जनयुद्धमा साथ दिएकाहरुको हकहितमा काम गर्न सकेका छैनन् । आफूमात्र मोटाउने र देशको विकासमा ध्यान नपुर्‍याउने नेताहरुले हजारौँले बलिदान किन दिए भनेर आफैँले आफैँलाई प्रश्न गर्न आवश्यक छ ।

 

जनयुद्ध पछि देशमा विकास नभएको पनि होइन । लामै समयमा भने पनि देशमा संविधान आएको छ र त्यस्को कार्यान्वयनमा दलहरु लड्दै भने पनि सहमतिमा पुग्दैँ छन् । तर, नेताहरुले के बुझ्न आवश्यक छ भने आफ्नो स्वार्थ पुरा गर्न मात्र ध्यान पुर्‍याउनु भनेको शहिदको अपमान गर्नु हो । त्यसैले पनि विश्वले नै चाख लिएर हेरेको १० वर्षे शस्त्र द्धन्द्वको फल जनताले सुखद पाइरहेको संदेश दिन पनि माओवादीले अझैँ गृहकार्य गर्न आवश्यक छ । अतः जनयुद्धमा आफ्ने सर्वस्व सुम्पिएर लागेकाहरु र सम्पुर्ण नेपालीको हितमा माओवादिले महत्वुर्ण भुमिका खेल्न जरुरी छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top