भुकम्पपीडितलाई आशमात्र नदेखाउ

सिन्धुली साैगात संवाददाता २०७४ फागुन १ गते मंगलवार काठमाडौं

 

विनाशकारी ‘गोरखा भुकम्प’ र त्यस्पछिको पराक्रमले नेपालमा ठुलो जनधनको नाश गर्‍यो । धेरैले ज्यान गुमाउनु पर्‍यो भने धेरै घरबारविहिन समेत भए । भुकम्प गए लगत्तै सरकारले भुकम्पीडितकालागि राहत बाँड्न शुरु त गर्‍यो तर पीडितलाई उक्त राहतले राहत दिन सकेन । सरकारले दिने भनेको अनुदानले पीडितहरुको घर बनाउन मुश्किल थियो । भूकम्पलगत्तै अनुदानबाहेक आवश्यकताअनुसार घर पुनःनिर्माणका लागि दुई प्रकारका ऋण दिने घोषणा सरकारले गरेको थियो । बन्दै गरेको घर धितोमा राखी तीन लाख रुपैँयासम्म निब्र्याजी ऋण दिने र काठमाडौँ उपत्यकामा रु. २५ लाख तथा उपत्यका बाहिर रु. १५ लाखसम्म सहुलियत पूर्ण ऋण दिने कार्यक्रम ल्याएको थियो । सरकारले भूकम्पपीडितलाई आवास पुनःनिर्माणका लागि दिएको अनुदान रकम अपुग भएमा आवास निर्माणका लागि थप ऋण दिने कार्यक्रम ल्याए पनि सो प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । त्यसैले पनि सम्बन्धित निकायले पीडितको मर्का बुझ्दै विगतमा गरिएको निर्णयहरुलाई कार्यान्वयनमा ल्याउन आवश्यक छ ।

 

भुकम्पपीडितहरुलाई सहुलियत दिन राज्य लचिलो बन्नुपर्छ । त्यसैगरि, विगतमा भुकम्पपीडितहरुलाई राहत स्वरुप गरिएका निर्णयहरु कार्यान्वयनमा ल्याउन ढिलाई गर्नुहुदैँन । अतः पीडितहरुलाई आशमात्र नदेखाएर निर्णयहरुलाई व्यवहारमा पनि उतार्न सम्बन्धित निकायहरुको ध्यान जान आवश्यक छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top