महिला नेतृत्व न्यून,युवा नेतृत्वको पनि अवस्था उस्तै

राधिका बुढाथोकी २०७४ फागुन १ गते मंगलवार काठमाडौं

 

राधिका बुढाथोकी

 

पुरुषवादी सोचले जरो गाडेको समाजमा अझै पनि महिला नेतृत्व न्यून अवस्थामा रहेको सिन्धुलीका महिलाहरु बताएका छन् । महिलाका सवालमा जिल्लामा सरकारी तथा गैरसरकारी सँघसँस्थाले जति नै काम गरेको भए पनि ति सबै कार्यक्रममा मात्र सिमीत भएको तथा नेतृत्व तहमा महिलाहरुको अवस्था नाजुक रहेको एक कार्यक्रमा जिल्लाका महिलाहरुले गुनासो गरे ।

 

२०६८ सालको प्रतिवेदन अनुसार यस जिल्लामा कूल जनसंख्या २,९६,१९२ रहेकोमा महिलाहरुको जनसंख्या १,५६,०६९ र पुरुषहरु १,४०,१२३ को संख्यामा छन् । जनसंख्याको दृष्टिकोणले हेर्दा १५,९४६ महिलाहरु बढी भएको सिन्धुली जिल्लामा राजनैतिक,आर्थिक,सामाजिक,स्वास्थ्य लगाएत क्षेत्रमा महिलाहरुको अवस्था सन्तोषजनक देखिदैन । निजी क्षेत्रमा महिला र पुरुषले पाउने पारिश्रमिकमा ठूलो बिभेदको खाडल त छँदै छ । अझ समयमा कार्यलयमा पुग्नुपर्ने , जिम्मेवारी पूरा गर्नुपर्ने कार्यलयमा महिला मैत्री वातावरण नहुने र घरमा खाना पकाउनुपर्ने, स–साना नानी हुर्काउनु पर्ने र सम्पूर्ण घर ब्यवहार हेर्नुपर्ने हुँदा एउटा टाउकोमा दुईवटा भारी बोकेको अवस्था छ ।

 

परिवारदेखि समाज बिकासमा महिलाको अति महत्वपुर्ण भूमिका हुदाँहुदैँ पनि राज्यको हरेक क्षेत्रमा महिलाको न्युन सहभागिता रहेको देखिन्छ । महिलाहरुको समाज बिकासमा महत्वपूर्ण भूमिका छ । यति हुदाहुदैँ पनि विविध कारणले नेतृत्वमा महिलाको सार्थक सहभागिता न्यून रहेको देखिन्छ । हरेक घरमा प्रमुख भुमिका महिलाको रहने भएता पनि प्रमुख नेतृत्वमा पुरुषको नाम रहने गरेको एक सर्भेले देखाएको छ । भने विभिन्न सँघ,संस्था,समुह,संगठन लगाएत नेतृत्वदायी पदमा महिला नेतृत्व न्युन पाईएको छ । सर्च फर कमन ग्राउड नेपालको आर्थिक सहयोगमा सिड्स नेपाल सिन्धुलीले कमलामाई नगरपाली, दुधौली नगरपालीका र तिनपाटन गाउँपालीकामा गरिएको एक सर्भेले यस्तो देखाएको हो ।

 

अन्तरपार्टी महिला संञ्जाल सिन्धुलीकी सहसचिव यशोदा कोईरालाले हालै भएको स्थानिय तह देखि प्रतिनिधिसभा तथा प्रदेशसभामा महिला नेतृत्व सुन्य रहेको बताईन । उनले भनिन्,‘ हालै सकिएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रदेशसभामा पुरुष भए प्रतिनिधि सभामा महिला, प्रतिनिधि सभामा पुरुष भए प्रदेश सभामा महिलाको टिकट दिनुपर्ने कुरा मैले गर्दा यशोदा खत्तम भईछे भनेर पार्टीले नै बहिष्कार गर्ला भन्ने डरले म चुपचाप रहेँ । मुर्दाघाट कुरेर मेरो पालो आउँछ भनेर म बसेको छु क्या ।’

 

महिला नेतृत्वको कुरा बोर्डमा मात्र सिमित भएको कोईरालाको भनाई छ । महिला नेतृत्वका बारेमा जतिनै बहस चलाए पनि,पार्टीहरुले महिलालाई जतिनै प्राथामिकतामा राखेका छौ भने पनि जति नै भाषण गरे पनि यसको कार्यान्यन व्यवहारमा अति न्युन भएको उनीले बताईन् ।

 

मिलीजुली बचत तथा ऋण सहकारी सँघकी अध्यक्ष विमला श्रेष्ठले गृहस्थी महिलाहरु घरधन्दामै सिमित भएको जस्लाई महिला हक अधिकारका बारेमा जानकारी नभएको र केही नेतृत्व गर्न सक्ने खुवि भएका,नेतृत्वमा आउने चाहनामा रहेका महिलाहरुलाई पुरुषवादी सोचले पछि पारेको बताउ छिन् । उनले भनिन,‘पहिलो कुरा त महिला आफै सक्षम हुन पर्छ । र नेतृत्वमा पुगेका महिलाहरुले पुरुषहरुले नसकेको कुशल कार्य गरेर सबैको मन जिति पुरुषवादी सोचलाई पुर्णविराम गर्न पर्छ ।’

 

यस्तै नेकपा एमालेकी कार्यकर्ता पार्वती भट्टराईले स्थानीय तह देखि प्रतिनिधि तथा प्रदेश सभामा महिलालाई नेपाल सरकारले तोकेको महिला कोटामा मात्रै सिमित राखिएको र सक्षम तथा सक्रिय महिलालार्ई विशिष्ठ पदमा कुनै पनि पार्टीले स्थान नदिएकोमा गुनासो रहेको बताईन् । उनले भनिन्,‘२१ बर्ष पुगे पछि स्थानिय तहको चुनावका लागी उम्मेदवारको उमेर पुग्ने भए पनि हामी महिला ४०÷४५ बर्षमा प्रवेश गरिसक्दा पनि दुधे बच्चै भईरहेका छौ के ! जुनसुकै पार्टीले पनि महिलालाई उपमेयर,उपाध्यक्ष उठाएको छ अनि वडामा गएर दलित महिला सदस्य र एउटा महिला वडा सदस्य दिएको छ । वडा अध्यक्ष किन उठ्न नसक्ने महिला हुनुहुन्थ्यो र ?’ उनीले प्रश्न गरिन् ।

 

राजनिती बुझेका भन्दा पनि पैसा धेरै हुने महिलाहरुलाई टिकट दिइयो भने चुनाव जितिन्छ भन्ने कुसोचले पैसावाला महिलालाई अगाडी सारिने अवस्था रहेको भए पनि पैसा कमी भएका तर नेतृत्व कुशलताका साथ संचालन गर्न सक्ने,सक्रिय,राजनिती बुझेका कर्मठ योग्य महिलालाई पछाढी ओझेलमा पारिने परिपार्टी रहेकाले स्वयंम आफु प्रतिनिधि तथा प्रदेश सभाबाट बाहिरीनु परेकोमा गुनासो गरिन् । भट्टराई सिन्धुलीबाट प्रतिनिधि तथा प्रदेश सभामा महिलाहरु कोही नभएकोले कम्तीमा पनि ३३ प्रतिशत महिला अधिकार प्राप्त गर्न २ जना महिला प्रत्यक्षबाट उम्मेदवार हुन पाउन पर्छ भन्ने एउटा लढाईमा थिइन् । तर यो लडाई लडाईमा मात्र सिमीत भएको र प्रत्यक्ष तर्फबाट प्रतिनिधि तथा प्रदेश सभामा पुरुषहरुकै हावी भएको बताउछिन् । उनि भन्छिन्,‘ स्थानिय निकायको चुनावमा जसरी ३३ प्रतिशत महिला प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा प्रत्यक्ष तर्फ अनिवार्य तोकिएको भए र मसँग धन सम्पती टन्न भएको भए सायद पाउँथ्थे पनि होला ?

 


कमलामाई नगरपालीका वडा नं १ की महिला वडा सदस्य कुन्ता ढकाल निर्वाचित महिला वडा सदस्य हुन् । महिला कोेटा फुलफिल गर्नकै लागी महिला सदस्य पदमा निर्वाचित भएको उनिको भनाई छ । प्रमुख पदमा पुरुषहरुकै हावी हुने गरेको र महिला कोटा पुरा गर्नका लागी सहायकका रुपमा महिलालाई प्रयोग गर्ने गरेकोमा उनिलाई दुःख लाग्छ । पुरुष प्रमुख नेतृत्वदायी भुमिकामा रहिरहदा महिला सदस्य तथा महिला नेतृत्वसँग सहकार्य नगरी मनोमानी तवरले काम गर्ने गरेको ढकालको गुनासो छ । महिलालाई नेतृत्वमा अगाडी बढाउनै नचाहने,महिला कोटा अनिवार्य तोकिएका छ भने पहुँचवालाले आफ्ना नातेदारलाई अगाडी सार्ने र नेतृत्वमा भएका महिला माथी पनि पुरुषले प्रमुख भुमिका आफु अनुकुल खेल्ने गर्दा महिला सशक्तिकरणमै प्रभाव परिरहेको ढकालको भनाई छ ।

 

यस्तै युवा परिर्वतनाका सम्बाहक हुन, मानव अधिकार, बालअधिकार, समग्र अधिकार, बिकासका मुलनायक हुन र वातावरण संरक्षण कर्ता हुन । र पनि यस जिल्लाका युवाहरु बिकासशील राष्ट्रका युवाहरुको तुलनामा निकै दयनिय अवस्था रहेको छ । जसले गर्दा युवाहरु राज्यको मुल प्रवाहिकरणमा आउन सकेका छैनन् भने राज्यबाट पनी यथोचित रुपमा युवालाई प्राथमिकता दिएको पाईदैन । जिल्लाको धेरै जसो युवाहरु बैदेशिक रोजगारका लागी विदेश पलायन भएको अवस्था छ । केही यस स्थानममा रहेका युवाहरु मद्ययपान तथा धुम्रपानमा लगाएत कुलतमा लागेका देखिन्छन् जस्ले सामाजिक रुपमा नै प्रभावित पारेको छ । राजनैतिक क्षेत्रमा युवाहरुलाई बन्द,आतंक, जुलुस जस्ता स्थानमा शक्तिका रुपमा प्रयोग मात्र । नेतृत्व तहमा युवा शक्तिलाई उच्च स्थान दिइन्न् । सरकारी तथा गैरसरकारी लगाएत अन्य कार्यक्रम सफल बनाईन्छ युवा शक्तिको देनले तर जस भने नेतृत्व तहमा रहेका तथा पहुँचवालाको पोल्टोमा पर्ने गरेको छ ।

 

महिलालाई चुलो चौकामा नै सिमित हुन पर्छ र युवाहरु आलाकाँचा हुन्छन् ,कुनै पनि कार्य सफल्ता पुर्वक सम्पन्न गर्न सक्दैन्न भन्ने हाम्रो समाजले अझै पनि महिला तथा युवा नेतृत्वको सवालमा उच्च स्थान ओगट्न सकेको छैन् । महिला तथा युवाहरुलाई प्रयोग गरिएको पाईन्छ तर उपयोग हैन । क्रियाकलापका हिसावले महिलाहरु तथा युवाहरु क्रियाशिल हुदा हुदै पनि उनिहरुलाई नेतृत्व तह अर्थात प्रमुख स्थानमा राखिने गरिदैन ,गरिन्छ त सरकारले छुट्टाएको सिमित कोटामा मात्रै ।

 

प्रमुख पदहरुमा महिला तथा युवालाई जिम्मेवारी एक त दिइने अवस्था कम छ र दिईहाले भने पनि महिला तथा युवा नेतृत्वलाई सक्षम बनाउन तर्फ भन्दा पनि यिनिहरुको उल्टै विल्ला ओढाउने कार्य तर्फ केन्द्रित रहेको देखिन्छ जस्ले नेतृत्वमा महिला सक्षमता तथा युवा सक्षमताले सोचे अनुरुप उपलब्धि हाँसिल गर्न सकिरहेको छैन ।

 

साच्चै हाम्रो समाज तथा राष्ट्रको उन्नती,प्रगती चाहने तथा समृद्ध राष्ट्रको परिकल्पना गर्ने हो भने सर्बप्रथम नेपाली म बाट हामी विचको एकता हुनु आवश्यक छ । नेपाली दाजुभाई तथा दिदीबहिनी विच काटाकाट,मारामार साथै एक अर्काको खुट्टा तानातान गरेर हैन । एक अर्कासँग हातेमालो गदै सहकार्यात्मकता सम्बन्धको विस्तार गर्नु आवश्यक छ । हामी एक अर्काका परिपुरक छौ । छैनौ कोही टाढा । के हिमाल के पहाड, हामी सबै नेपाली हौ । नेपाली हाम्रो भाषा र हाम्रो थर नेपाल । यस अर्थमा हामी कोही छैनौ पराई । सबै एक अर्काका परिपुरक हामी तसर्थ महिला, युवा,सिमान्तकृत सबैलाई उत्तिकै अवसर दिउँ । महिलालाई मनोरन्जनात्मक खेलौनाका रुपमा हैन देशका आँखाका रुपमा लिउँ । युवा शक्ति,जोँश र जागरलाई हरेक अवसरबाट बन्चित गराएर खेर नफालौ । सक्छौ सबैलाई सम्मान गरौ । सहर्कात्मक नेतृत्वको प्रवर्धन गरौ । सक्दैनौ कसैको अपमान नगरौ र कसैलाई असर पर्ने खालका क्रियाकलापमा साथ नदिऊँ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top