न्युनतम पारिश्रमीक निर्धारण हुनुपर्छ

सिन्धुली साैगात संवाददाता,सिन्धुली २०७४ फागुन १ गते मंगलवार काठमाडौं

 

न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले सञ्चार माध्यम संचालनक र संचार माध्यममा कार्यरत पत्रकार, कर्मचारीले आम संचार माध्यम सम्बन्धी बनेका ऐन तथा कानुनहरुको जानकारी राख्नुपर्ने बताए । सोमवार सिन्धुलीमाढीमा भएको श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरिक्रिया कार्यक्रममा अध्यक्ष पराजुलीले यस्तो बताएको हो ।

 

उनले नेपालमा संघियता लागुभएसगै अहिले स्थानिय तहमा सवै अधिकार आएको बताउदै अव स्थानिय तहले बनाउने नियम कानुनमा आफुलाई आवश्यक पर्र्नेे नियम कानुन निर्माणमा पत्रकार र संचार गृहले स्थानिय तहसंग समन्वय गर्नुपर्ने बताए ।

 

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले सरकारले लागु गरेको कानुन सरकारी संचार माध्यमहरुले नै कार्यान्वयन गर्न नसकेको आरोप लगाए । उनले सरकारले संचार माध्यम खोल्न दिने लाईसेन्स वितरणलाई अव निश्चित मापदण्ड बनाएर वितरण गर्नुपर्ने बताए ।
कार्यक्रममा सिन्धुलीका पत्रकारहरुले संचार माध्यमहरुले श्रमजीवी पत्रकार न्युनतम पारिश्रमीक ऐन पुर्ण कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन ।

 

पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्री, पत्रकार लगाएतको उपस्थिती थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top