सहकार्यात्मक नेतृत्व प्रवर्धन तालिम सम्पन्न

सिन्धुली साैगात संवाददाता २०७४ फागुन १ गते मंगलवार काठमाडौं

 

सिन्धुली – सहकार्यात्मक नेतृत्व परियोजना अन्र्तगत महिला तथा युवाकोे राजनीतिक नेतृत्व प्रर्वधन तालिम सिन्धुलीमा सम्पन्न भएको छ ।

 

नेतृत्वशीप र स्थानिय तह निर्णय निर्माण प्रक्रियामा महिला तथा युवाको समान अवसर तथा सहभागीतामा योगदान पुर्‍याउने लक्ष्यका साथ संचालन गरिएको तालिम सिन्धुलीको कमलामाई नगरपालीका,दुधौली नगरपालीका र तिनपाटन गाउँपालीकामा सम्पन्न भएको हो । गभरनेन्स फेसिलिटीको आर्थिक सहयोग तथा सर्च फर् कमन ग्राउण्ड नेपाल र सिड्स नेपाल सिन्धुलीको साझेदारीमा यि ३ क्षेत्रमा २/२ दिन तालिम संचालन गरिएको थियो ।

 

तालिममा अन्तरपार्टी महिला संजालका प्रतिनिधिहरु, युवा क्लव तथा युवा संजालका प्रतिनिधिहरु,महिला समुह तथा संजाल,सामुदायिक वन उपभोक्ता समुह,लैङगिक हिंसा निवारण समुहका प्रतिनिधि,स्थानीय नेता विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र स्थानीय तहका निर्वाचित प्रतिनिधिहरु लगाएत तिन क्षेत्रका गरि ९७ जनाको सहभागीता रहेको थियो । भने तालिमको सहजिकरण १५ जना प्रशिक्षकहरुले गरेका थिय ।

 

महिला तथा युवा खासगरि विपन्न तथा सिमान्तकृत समुदायहरुको सुशासन विधी र स्थानिय तहका निर्णयमा सहकार्यात्मक सहभागिता तथा अर्थ पुर्ण सहभागीता बढाउन,महिला तथा युवा नेताहरु बीच स्थानिय तह सुशासन र विकास सम्बन्धि ज्ञान तथा बुझाईमा बृद्धि,युवा तथा महिलाहरुको स्थानिय तहमा सहकार्यात्मक नेतृत्व तथा निर्णय क्षमतामा अभिवृद्दि गर्ने र तथ्यमा आधारित युवा तथा महिला मैत्री निती पुर्ण संरचना तथा अभ्यास सबलिकरणका प्रमाण जुटाउने लगाएत उद्देश्यले परियोजनाले सहकार्यात्मक नेतृत्व प्रवर्धन सम्बन्धि जिल्लामा कार्यक्रमहरु संचालन गरिरहेको सिड्स नेपाल सिन्धुलीले जनाएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top