‘यमराज’ को रुप लिन थालेपछि ट्रिपरलाई टाइम कार्ड

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ फागुन १ गते मंगलवार काठमाडौं

 

सवारी दुर्घटना बढ्दै गएपछि भक्तपुरको जगाती कटेपछि सिन्धुपाल्चोक र सिन्धुलीको सिमानासम्मका राजमार्गमा दुर्घटना हुने वित्तिकै कतिपय ट्रिपर चालकलाई ज्यान जोगाउनै मुस्किले हुने गरेको छ ।

 

भक्तपुरको साँगामा गत साता भएको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदा पनि ट्रिपर चालकले नै थाहा पाएनन् । अरनीको राजमार्गको जनागाल खण्ड आएपछि प्रहरीले ट्रिपरलाई रोक्दै गरेको देखेपछि मात्रै थाहा पाए दुर्घटना भएछ ।

 

बा४ख ३३३६ नम्बरको ट्रिपरले गत साता बनेपाको नालामा ठक्कर दिदा भक्तपुरका बद्री खड्काको मृत्यु भयो ।

 

चालकले धेरै नै मापसे गरेको प्रहरी अनुसन्धानले देखायो । जिल्ला प्रहरी कार्यालय काभ्रेले नक्कली लाइसेन्स बोकेर ट्रिपर चलाउने २९ जनालाई यो वर्ष पनि मुद्दा चलाएको छ । तर, जति कसिलो बने पनि अरनीको राजमार्ग र विपी राजमार्गमा ट्रिपर आतंकमा कमी हुन सकेको छैन् ।

 

अब काभ्रे चल्ने ट्रिपरलाई टाइम कार्ड

 

दैनिकजसो ट्रिपरकै कारण दुर्घटनामा वृद्धि भएपछि जिल्ला ट्राफिक कार्यालय काभ्रेले टाइम कार्ड लागू गर्ने भएको छ ।

 

बनेपामा एक कार्यक्रम गर्दै ट्राफिक कार्यालय काभ्रेले आगामी फाल्गुन १ गतेबाट काभ्रे भित्र चल्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

 

दैनिक दुर्घटना बढ्दै गएकाले दुर्घटनाको मूख्य कारण बनेको तीब्र गति नियन्त्रणका लागि काभ्रेमा चल्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्थापन गर्न लागिएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंङ मल्लले बताए ।

 

काभ्रेबाट दैनिक ३ हजार भन्दा बढी ट्रिपरले निमार्ण सामाग्री बोकेर राजधानी भित्रने गरेका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top