घ्याङलेख गाउँपालिकाको नाम परिवर्तन गर्ने

सिन्धुली साैगात संवाददाता,सिन्धुली २०७४ फागुन १ गते मंगलवार काठमाडौं

 

सिन्धुलीको घ्याङलेख गाउँपालिकाको नाम परिवर्तन गर्ने गाउँकार्यपालिकाले निर्णय गरेको छ ।

 

गाउँपालिकाको नाम अप्ठ्यारो भएको भन्दै साथीहरुबाट गाउँपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव आएकाले गाउँकार्यपालिकाको भेलाले नाम परिर्वतन गर्ने निर्णय गरेको घ्याङलेख गाउँपालिका अध्यक्ष जगत बहादुर भ्लोनले बताए ।

 

उनले कार्यपालिका भेलामा घ्याङलेख गाउँपालिकाको नाम परिर्वतन गरेर फापरचुली गाउपालिका राख्ने निर्णय भएकोे तर अहिले सम्म केन्द्रमा प्रस्ताव भने नगरेको बताए । ‘अव कार्यपालिका भेलामा साथीहरुको धेरै आग्रह आयो र भेलाले नाम परिवर्तन गर्ने निर्णय भएको छ । तर केन्द्रमा पाठाएको छौनौँ’ उनले भने । आफुलाई घ्याङलेख गाउँपालिकाको नाम परिर्वतन गर्न मन नभएको तर गाउँपालिकाका सवै निर्वाचित साथीहरुलाई गाउपालिकाको नामको अर्थ थाहा नभएकाले परिवर्तन गर्न माग गरिरहेको उनले बताए ।

 

नाम परिवर्तनका लागी कार्यपालिका भेलामा निर्णय भइसकेकाले कुनै पनि बेला केन्द्रमा प्रस्ताव पुग्न सक्ने उनको भनाई छ । घ्याङ भनेको गुम्बा र लेख भनेको पहाड भएको भन्दै अध्यक्ष भ्लोनले गाउपालिकाको नाम घ्याङलेख नै ठिक भएको तर अरु साथीहरुलाई मन नपरेको बताए

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top