नेपालले पायो ११५ रनको लक्ष्य

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ २८ गते आइतवार काठमाडौं

 

 

आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा युएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।

 

नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले आज टस जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो ।

 

ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो । युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए ।

 

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछानेले तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले १५ ओभरमा चार विकेट गुमाउँदै ६० रन बनाएको छ ।

टू मा यूएईविरुद्धको खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् ।

 

उनले ४२ बलमा ३ चौका र ५ छक्काको मद्दतले अर्धशतक पूरा गरेका हुन् । १० रन जोड्दा २ विकेट गुमाएको नेपालको पारी कप्तान पारसले सम्हालेका थिए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top