सरस्वती लामाले  कपडा खोल्न थालेपछि युवाहरुले लखेटे

सिन्धुली साैगात संवाददाता २०७४ माघ २८ गते आइतवार काठमाडौं

 

 

बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको दोस्रो दिन शनिबार गायिका सरस्वती लामाको सांगितिक प्रस्तुतिका कारण महोत्सवस्थल अनियन्त्रित भएको छ ।

 

 

लामाले महोत्सवमा एउटा गीत गाएर दोस्रो गीत ‘काले दाई काले दाई’ गाउने क्रममा शरिरमा लगाएका कपडा एकपछि अर्को खोल्न थालेपछि सहभागी युवाहरु अनियन्त्रित भएर जाईलागे पछि लामाको प्रस्तुति बीचमै रोकिएको छ ।

 

लामाको उच्छृंखल र अश्लीलता गीतहरु प्रदर्शन हुन थाल्दा सहभागी युवाहरु अनियन्त्रित भएपछी प्रहरीले बल प्रयोग गर्नु परेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार कार्यक्रम स्थलबाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको छ ।

 

सरस्वती लामाको प्रस्तुति अश्लील र विवादित हुने भन्दै प्रहरीले आयोजक कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीलाई सरस्वती लामाको कार्यक्रम नराख्न अनुरोध गरेको थियो ।

 

तर आयोजकले ल्याउने अडान राखेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि मर्यादित कार्यक्रम गर्न आयोजकको ध्यानाकर्षण गराउनुभएको थियो ।

 

प्रहरीले विवादका बीचमा लामालाई सुरक्षित रुपमा महोत्सवको सचिवालयमा पुर्‍याएको थियो । कोहलपुर महोत्सवमा शनिबार गायक स्वरुपराज आचार्य, कमल खत्री र नायिका केकी अधिकारीको पनि प्रस्तुति थियो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top