कानुन सबैलाई लाग्नुपर्छ

सिन्धुली साैगात संवाददाता २०७४ माघ २८ गते आइतवार काठमाडौं

 

भनिन्छ, कानुनले कसैलाई भेदभाव गर्दैन । कानुन सबैकालागि हो र यस्ले कसैलाई सानो वा ठुलो भन्दैमा छुटकारा दिदैँन । तर, नेपालको सन्दर्भमा हेर्ने हो भने उच्च पदमा रहेकाहरुलाई कानुनले खासै छुन सकिरहेको छैन । न्यायका प्रमुख गोपाल पराजुलिकै अलग अलग जन्म मिती रहेको खुलेको छ । कानुनको रक्षा गर्नेले नै कानुनको सम्मान गर्न नसकिरहेको अवस्थामा कानुन सबैकालागि एउटै होइन कि भन्ने भ्रम नेपाली जनतामा जान पुगेको छ । त्यसैले पनि सम्माननिय पदमा कसैलाई नियुक्ति गर्दा सम्बन्धित निकायले वास्तविक प्रमाणपत्रहरुको अनुसन्धान गरि योग्य व्यक्तिलाई छनौट गर्नुपर्छ । त्यसैगरि, प्रधानान्याधिस पराजुलिप्रति उठेका प्रश्नहरुको वास्तविक जवाफ सर्वसाधरणले पाउनुपर्छ । यदि प्रधानान्याधिस गलत साबित भएमा वा उनको प्रक्रियाहरु नपुगेमा कार्वाही गर्न पनि सम्बन्धित निकाय पछि हट्नुहुदैँन ।

 

उच्च पदमा रहेकाहरुलाई राजनैतिक संरक्षण मिल्ने गरेको छ । विगतमा पनि कानुनलाई मिच्नेहरु खुलेआम हिँडिरहेका छन् । तसर्थ, न्यायमा राजनैतिक गुसपेठ हुनुहुदैँन । कानुनविपरित काम गर्नेलाई कानुनि कार्वाही हुनुपर्छ । अतः कानुन सबैलाई लाग्नुपर्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top