क्षयरोग परीक्षण शिविर सुरु

रबिन्द्र भट्टराई –,दुधौल,(सिन्धुली) २०७४ माघ २८ गते आइतवार काठमाडौं

 

दुधौली नगर स्थित साविक सिर्थौली गाविसको वडा नं. ८ मा क्षयरोग परीक्षण सम्वन्धि ३ दिने शिविर सुरु भएको छ ।

 

शिविरी माघ शुक्रवार देखि शुरु भई २९ गते सम्म रहने बताईएको छ । शिविरमा १५ वर्ष माथिका सबैको स्वास्थ्य परीक्षण गरीने छ । भक्तपुर,दोलखा र सिन्धुलीमा क्षयरोगको तथ्याङ सङकलनका लागी शिविरको आयोजना गरीएको हो । यो नेपालकोे ३ स्थानमा सञ्चालीत राष्ट्रिय स्थरको प्रिभिलेन्स सर्वेक्षण भएको प्रिभिलेन्स सर्वेक्षणका प्रमुख अनिल कुमार थापाले जानकारी दिए ।

 

यो सर्वेक्षणकै आधारमा जिल्लामा क्षयरोगका विरामीको संख्या थाहा पाउन सकिने भएकाले निश्चित स्थानमा यो परीक्षण शुरु गरीएको हो । साविक सिर्थौली गाविसको वडा नं. ८ का ६सय जनामा परीक्षण गरीने प्रमुख थापाले बताए । परीक्षाको क्रममा अन्य रोगी भेटिय उचित सुझाब सल्लाहा समेत दिईने छ ।

 

स्वास्थ्य परीक्षणको लागी ५१ जाना स्वस्थ्यकर्मी परीचालीत गरीएको प्रमुख थापाले जानकारी दिए । दुधौली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चन्द्रकिशोर थारुले क्षयरोग परीक्षणको शिविर आएकोमा यस भेगका जनता भाग्यमानि रहेको भन्दै शिविर सञ्चालनमा रहदाँ कुनै पनि कमि आउन नदिने कुरा उल्लेख गरे।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top