पकेटको किसान व्लक तर्फ उक्लदै

बिक्रम भुजेल, दुधौली,(सिन्धुली) २०७४ माघ २८ गते आइतवार काठमाडौं

 

–दुधौली नगरपालिका वडा नं. ९ का किसानहरु अव पकेट क्षेत्रवाट व्लक तर्फ अगाडी वढिरहेका छन । आफ्नो खेत बारीमा जति पसिना बगाए पनि केहि हुदैन भन्ने कथित किसानहरुलाई यस भेगका किसानहरुले गरे के हुदैन? भन्ने सन्देश दिएको छ ।

 

दुधौली नगरपालिका वडा नं. ९ का स्थानीय अगुवा कृषक सन्तोष गुरुङको संयोजकत्वमा ९ सदस्यीय ‘नमुना धान उत्पादन व्लक’ समिति गठन भएको छ । दुधौली नगरका कृषि अधिकृत रामदुलार शाहको रोहबरमा गठन भएको समितिका उप–संयोजक ज्योतिका गुरुङले बताए । यस समिति गठनमा दुधौली नगरको वडा नं. ९, १० र ११ का अगुवा तथा श्रमिक कृषकहरु उल्लेखनिय पर्ने १०० हेक्टर जमिन घैलफोरा मौजाको केहि खेत, टाडी मौजा छतिवन गाछी देखि लदाभिर स्कुल छेउको गवी खेत र वंसे चौडी खेत रहेको समितिका संयोजक गुरुङले बताए ।

 

नेपाल सरकारले २०७३ मा कृषक प्रति लक्षित गरी ल्याएको ‘प्रधानमन्त्री कृषि परियोजना’ को अवधारणा अनुसार सो व्लक समिति गठन भएको हो । यस अवधारणा अनुसार पकेट क्षेत्र, व्लक, जोन र सुपर जोन गरि चार तहमा वर्गिकरण गरिएको छ । जस्को लागि आवश्यक पर्ने खेत (जग्गा) पकेट संचालन गर्न १० हेक्टर (१५ विघा) व्लक संचालन गर्न १०० हेक्टर (१५० विघा) त्यस्तै जोन संचालन गर्नको लागि ५०० हेक्टर (७५० विघा) र सुपर जोन संचालन गर्न ५०० हेक्टर भन्दा माथिको जमीन आवश्यक पर्ने नगरका कृषि अधिकृत शाहले जनाए । यसरी सरकारले कृषक लक्षीत अवधारणा ल्याए पछि देशको अगुवा कृषक लगाएत यस भेगको किसान पनि निकै उत्साहित भएका छन् ।

 

परियोजनाको नियम भित्र रहेर खेति गरेमा परम्परागत खेति भन्दा निकै वढी उत्पादन हुने कृषकहरु वताउछन् । दुधौली न.पा. वडा नं. ९ का अगुवा कृषकले समिति गठन गरेको नमुना वहु उद्देश्यि कृषि समुहले एक वर्ष मै निकै राम्रो उत्पादन गरेर प्रमाणित गरि सकेको छ ।

 

यता कृषि अधिकृत शाहका अनुसार राज्यले कृषि क्षेत्रमा धेरै ठुलो लगानी गरेको छ । यसको ८०% मात्रै पनि कृषकहरुले सदुपयोग गरेमा यस नगर लगाएत देश पुर्ण आत्मनिर्भर हुन सक्ने वताउनु हुन्छ । यसरी आएको लक्षीत समूहको वजेट सोहि समुहमा नपुग्दा सर्वसाधरण ठुलो मारमा परेको आम कृषकहरुको गुनासो छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top