बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन प्रतिवद्धता

कृन्जला पुलामी,सिन्धुली २०७४ माघ २७ गते शनिवार काठमाडौं

 

मरिण गाँउपालिकाका जनप्रतिनिधीहरुले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

सुरक्षित बैदेशिक रोजगारका लागि स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधीहरुले ७ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै सुरक्षित आप्रवासनका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

 

बैदेशिक रोजगारीका क्रममा हुने ठगिका समस्यालाई गाँउपालिकाले अग्राधिकार दिई किनारा लगाउने, विदेशमा गएका र फर्केका व्यक्ति र परिवारको तथ्यांक संकलन गर्ने, वडा तहमा बैदेशिक रोजगारबाट फर्केकाहरुको सञ्जाल गठन गरि परिचालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

 

त्यस्तै सरोकारवालालाई सुरक्षित आप्रवाशनकाबारेमा जानकारी गराउने, नगरपालिकाले सुरक्षित आप्रवाशनका लागि बजेट विनियोजन गरि कार्यक्रम सञ्चालन गर्ने साथै आवश्यक नीति निर्माण गरि कार्यान्यन गर्ने र गाँउपालिकाबाटै सुरक्षित आप्रवाशनकाबारेमा परामर्श दिने जनप्रतिनिधीहरुले आश्वासन दिएका छन् ।

 

जिल्ला समन्वय समिती बैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन सामी परियोजनाको आयोजनामा भएको कार्यक्रममा मरिण गाँउपालिकाका प्रमुख पानीराज बम्जनको अध्यक्षता तथा सहयाक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमको सहजीकरण भने जिल्ला समन्वय अधिकारी ज्ञानेन्द्र पराजुली, जिल्ला समन्वय समितीका वरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकाल र सुचना तथा परामर्श केन्द्रकी संयोजक उमा पौडेलले गरेका थिए ।

 

मरिण गाँउपालिकाका सबै वडाका अध्यक्ष, सदस्य गरि ३७ जनाको सहभागीता रहेको थियो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top