जनप्रतिनिधिहरु जवाफदेहि हुन सकेनन्

सिन्धुली साैगात संवाददाता,सिन्धुली २०७४ माघ २७ गते शनिवार काठमाडौं

 

स्थानिय तहका जनप्रतिनिधिहरु नागरिकको समस्या प्रति जवाफदेहि हुन नसकेको सिन्धुलीमाढीमा आयोजित एक बैठकमा निष्र्कष निकालिएको छ । नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत सार्वजनिक निजी समुहको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

 

मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले एफएचआई ३६० को प्राविधिक सहयोग र युएसएडको आर्थिक सहयोगमा संचालित सर्वजनिक निजि समूहको बैठकमा सिन्धुलीका जनप्रतिनिधिहरुलाई जवाफदेहि बनाउन स्थानिय तहमा पुगेर बहश गर्नुपर्नेमा जोड दिईएको छ । यस्तै आम सञ्चार माध्यमले पनि जवाफदेहिता बृद्धिका लागी आवाज उठाउनुपर्नेमा सहभागीको जोड रहेको छ ।

 

बैठकमा स्थानिय तहका निर्णय एकाधिकार हुन थालेको सहभागीले बताएका थिए । नागरिक प्रति जवाफदेहि हुन स्थानिय तहले कार्य विधि बनाएर अधि बढ्नुपर्नेमा पनि जोड दिइएको थियो ।

 

बैठकमास्थानीय तहमा स्वास्थ्य, शिक्षा, कृषिमा र विपत जोखिम व्यवस्थापनमा देखिएका समस्याबारे सम्बन्धित सरोकारवालाहरुवीच कसरी समाधान गर्ने भन्नेबारे छलफल भएको थियो ।

 

स्थानीय तहमा देखिएका समस्या समाधान गर्नका लागि स्थानीय तहलाई नै सक्रिय र जवाफदेखि बनाउनु पर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका सभापति शंकर बर्मा, उपप्रमुख सम्झना अधिकारी, गैसस महासंघ सिन्धुलीका अध्यक्ष वेदराज दाहाल, जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका विकास भण्डारी, हुडेक सिन्धुलीका अधयक्ष कृष्णहरि घिमिरे, पत्रकार लगाएको उपस्थिति रहेको थियो ।

 

परियोजनाले फिक्कल र गोलन्जोरगाउँपालिकामा स्थानीय सभा गठन गरि स्थानिय स्तरका समस्या समाधनका लागि पहल गरिरहेको छ । त्यस्तै जिल्ला तहमा स्वास्थ्य सञ्जाल गठन भएको छ । यि संरचनाहरुले सरकारले प्रवाह गर्ने सेवा तथा सुविधालाई प्रभावकारी ढंगले नागरिक समक्ष पु¥याउनका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top