सिँचाई सचिव चढेको गाडी त्रिशूलीमा खस्यो

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ २७ गते शनिवार काठमाडौं

 

कपिलवस्तुबाट काठमाडौंं जाँदै गरेको बा १ झ ३१४० नम्बरको सरकारी गाडी धादिङको सलाङघाटमा दुर्घटना हुँदा त्रिशुली नदीमा बेपत्ता भएको छ । सिँचाई मन्त्रालयका सचिब रामानन्द यादबसहित तीनजना चढेको गाडी सडकछेउको पर्खाल भत्काएर त्रिशुली खसेर बेपत्ता भएको हो ।

 

बेपत्ता हुनेहरुमा सचिव यादव, उनका छोरा सन्तोष यादब र नाम नखुलेकी एक किशोरी रहेका छन् ।

चालक निराजन यादव घाइते छन् । उनी दुर्घटनास्थलबाट आफै बाहिर आएपछि प्रहरीहरुले उद्धार गरेका थिए । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रजिअ भण्डारीले जानकारी दिए । वेपत्ता भएका सचिव यादव लगायतको खोजी जारी रहेको भण्डारीले बताए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top