एक युवतीको दुई युवासँग प्रेम

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ २६ गते शुक्रवार काठमाडौं

 

एउटी युवतीले दुई युवासँग कसरी प्रेम गर्न सक्लिन् र, त्यसमा पनि समान प्रकारको प्रेम । यो प्रश्नको जवाफ सायद नोनीले दिन सक्छिन् । उनका दुई व्याएफ्रेण्ड छन् । स्कटल्याण्डको नर्थ बरविकमा रहँदै आएकी नोनी २३ वर्षकी भइन् । बीबीसी स्कटल्याण्डको डकुमेन्ट्री ‘लभ अनलिमिटेड’का लागि कुरा गर्दै नोनीले भनेकी छिन्, ‘एक पार्टनरसँग सम्बन्ध गलत हुँदैन । यदि कसैले मलाई प्रेम गर्छ भने म किन अस्वीकार गरुँ । म थोरै लोभी छु । म ति मान्छेलाई मन पराउँछु, जसले मलाई मन पराउँछन् ।’

 

ओपन रिलेशनसीप

 

 

‘मोलीयेमरी’ त्यो सम्वन्धलाई भनिन्छ जब कोही व्यक्ति एकै समयमा एक भन्दा धेरैसँग सुमधुर सम्वन्धमा रहन्छ । नोनी भन्छिन्-यसमा त्यो सम्बन्ध पनि सामेल छ जो एक पार्टनरको अलावा अरु पनि पार्टनर बनाइन्छ । नोनीका अनुसार यस्ता सम्बन्धमा केही नैतिक बन्धन पनि हुन्छ र त्यसलाई पालना गर्नु पनि पर्छ । नोनी अहिले मार्गन र ओलीवरको साथ सम्बन्धमा छिन् । २७ वर्षीय मार्गन पेशाले एडमिनिस्ट्रेटर हुन् भने २४ वर्षीय ओलीवर ड्रामा ग्रयाजुएट ।

 

 

मार्गन र नोनी

 

 

मार्गन र नोनीको भेट डेटिंग एप टिंडरमा केही वर्ष पहिले भएको थियो । मार्गनको जतिवेला नोनीसँग भेट भयो उनको एक गर्लफ्रेण्ड पनि छिन्, ह्यानी । मार्गनको सम्बन्ध ह्यानीसँग अहिले पनि कायमै छ । ‘पोलीयेमरी’ यानी एक पटकमा एकभन्दा धेरै ब्यक्तिसँग सम्बन्ध सुमधुर सम्बन्ध बनाउनुपर्छ भनेर मार्गनलाई ह्यानीले नै भनेकी थिइन् । उनले भने, ‘जब मैले केही व्यक्तिसँग यसबारे कुरा गरें, मेरो कुरा सुनेर तिनीहरु अचम्मित भए । उनीहरुलाई लाग्छ कि खुला सम्वन्ध, पोलीयेमरी जस्ता कुरा मर्दलाई मात्रै हो किनकी यसमा धेरै सेक्स हुन्छ ।’नोनीका अनुसार मार्गन भावुक कुरा गर्नमा खप्पिस छन् । यहि कारण ड्रामा पढ्नका लागि एडिनबरा जाँदा पनि मार्गनसँग उनको सम्बन्ध टुटेन । मार्गनको भनाइअनुसार नोनीसँगको सम्बन्धले उनकी पुरानी प्रेमिका ह्यानीलाई कुनै चिन्ता छैन । उनी अहिले पनि खुसी छिन् ।‘ह्यानीले मलाई उत्साहित बनाउँछिन् । सपोर्ट पनि गर्छिन् । हामी धेरै कुरा शेयर गर्छौं र खुसी मनाउँछौं,’ मार्गन भन्छन् । मार्गनकै नजिक छन् ओलीवर अर्थात उनको प्रेमिकाको प्रेमी । उनीहरुबीच त्यस्तो कुनै नमिठो सम्बन्ध छैन । ओलिवर विगत १८ महिनादेखि नोनीसँग छन् । नोनी र ओलीवर करिव १८ महिनादेखि सम्वन्धमा छन् ।

 

सन २०१६ मा उनीहरु दुबैले एउटा शोमा काम गरेका थिए । त्यसपछि उनीहरुले एकअर्कालाई चाहन थाले । ओलीवरका अनुसार नोनीले पहिलो दिनमै आफू मार्गनसँग प्रेममा रहेको बताएकी थिइन् । ओलीवरका अनुसार जो पहिल्यै कसैसँग प्रेममा छ भने उसँग सम्बन्ध कायम गर्न धेरै सोचविचार जरुरी हुन्छ ।

 

प्रेमको चक्कर

 

ओलीवर भन्छन्, ‘जसको पहिले नै अर्को साथी छ, उसँग प्रेममा पर्नु त्यति सहज हुँदैन । यो निर्णय सोचेर सम्झेर लिनुपर्छ ।’ उनी भन्छन्, ‘यस्तो होइन कि कुनै समस्या थियो तर यो विचारभन्दा बढी कुरा थियो । यसबाट हैरानी हुन सक्छ । कसैसँग प्रेम गर्नु एउटा कुरो हो तर यदि तपाईंको चाहना बढिरहेको छ भने यस्तो हुनसक्छ । सुरुमा त मलाई लाग्यो ठीक छ, तर पछि जलन हुनसक्छ । तर त्यतिबेलै म निर्णयमा पुगें कि नोनीलाई मन पराउँछु र म यस सम्बन्धलाई अघि बढाउँछु ।’ यो एक ओपन रिलेशनसीप हो त्यसैले ओलीवर यस कुरामा स्वतन्त्र छन् कि उनी अर्को कुनै पार्टनरसँग पनि सम्बन्ध राख्न सक्छन्, यदि उनले चाहे भने ।नोनी पनि सहमत छिन् । भन्छिन् ‘ओलीवरले अरु कसैलाई प्रेम गरेको थाहा पाएँ भने म पनि खुसी हुन्छु ।’

 

कुनै प्रकारको भेदभाव

 

नोनी र ओलीवरको प्राय कुराकानी भइरहन्छ । उनीहरु एकअर्काको नजिकै बस्छन् । तर उनको मार्गनसँग पनि दिनहुँ कुराकानी हुन्छ । ओलीवर र मार्गनबीच नोनीले कुनै प्रकारको भेदभाव गर्दिनन् । उनका अनुसार दुवैसँग उनको सम्वन्ध पूरै फरक छ । उनी भन्छिन्, ‘म तपाईंलाई भन्न सक्दिन कि म चकलेट या थिएटरमा कुनलाई बढी मन पराउँछु । म यसरी हेर्दछु । यस कुराबाट कुनै फरक पर्दैन कि मैले कसलाई कति माया गर्दछु । यसबाट उनीहरु दुवैलाई पनि कुनै फरक पर्दैन । मेरो लागि दुवै महत्वपूर्ण छन् ।’ नोनीले थपिन्, ‘म अलग-अलग तरिकाबाट दुवैका लागि कमिटेड छु । तर आधारभूत रुपमा मेरा लागि कोही पनि एक-अर्काभन्दा बढी छैनन् ।’

 

नैतिक जिम्मेवारी

 

यस सम्बन्धको नैतिक जिम्मेवारी नोनीमाथी छ । उनीमाथी ओलीवर र मार्गन दुवैलाई यौन संक्रमणबाट बचाउनु छ । उनी केबल २३ वर्षकी छन् । तर नोनी भन्छिन् दुई प्रेमी राख्नु उनको लाइफस्टाइल च्वाइस हो । जसलाई उनी जारी राख्न चाहन्छिन् । उनलाई लाग्दैन कि यो फैसलाले एक परिवारिक रुप धारण गर्छ । उनी भन्छिन्, ‘म यस्तो व्यक्तिलाई चिन्दछु जसका दुई प्रेमिका छन् र उनीहरुको बच्चा पनि छन् । यस्तो अवधारणा छ कि एकभन्दा बढी प्रेमी केबल सेक्ससँग मात्र जोडिएको छ । तर यस्तो विल्कुलै होइन । एउटा बच्चाको एकमात्र बुवा र एकमात्र आमा हुनुपर्छ भन्ने सोच रुढिवादी हो ।’ नोनीका अनुसार पोलीयेमरी एक नयाँ चलन हो तर यो अझै पनि वर्जित जस्तो छ । यद्यपि परिस्थिति बदलिँदै गएको छ । उनी भन्छिन्, ‘मानिसहरु सदियौंदेखि पोलीयेमरी जस्ता सम्वन्ध राख्दै आएका छन् । तर स्टकल्याण्डमा यस्तो थिएन । हामी मानिसहरुलाई जति भेट्छौं त्यति नै छिटो हामीलाई स्वीकार गर्न सुरु गर्दिन्छन् । म यो भन्दिन कि हामी केही नयाँ गर्दै गइरहेका छौं । तर हामी यस्तो माहोल अवश्य बनाउने छौं जो एक स्वस्थ समुदायका लागि जरुरी छ ।’

 

– बीबीसी हिन्दीबाट

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top