जहाँ विद्यार्थीले नै गर्छन् शिक्षकको हाजिरी !

अर्घाखाँची, २०७४ माघ २५ गते बिहीवार काठमाडौं

 

अर्घाखाँचीमा विद्यार्थीले शिक्षकको हाजिरी गर्न थालेपछि शिक्षकहरु समयमा विद्यालय जान थालेका छन् ।

 

शिक्षकहरु १० बजे भन्दा केही ढिला र ४ बजेभन्दा अघि हिँड्ने गुनासो आएपछि जिल्ला शिक्षा कार्यालयले विद्यार्थीले शिक्षकको हाजिरी गर्ने नियम बनाएको हो । शिक्षकको हाजिरी विद्यार्थीले गर्न थालेपछि शिक्षकहरु समयमा विद्यालय जाने र ४ बजे मात्र विद्यालय छाड्ने गरेको जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले जानकारी दिए ।

 

बिहीबार जिल्ला शिक्षा कार्यलय र जिल्ला युवा समितिको कार्यलयले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा जिल्लाका ६० वटा विद्यालयमा यो अभियान चलेको र यो अभियानलाई अर्को वर्षदेखि सबै विद्यालयमा सञ्चालन गरिने जिल्ला शिक्षा अधिकारी राउतको भनाई छ ।

 

शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सबै एक भएर लाग्नु पर्ने सन्धिखर्क नगरपालिकाका शिक्षा संयोजक बलराम मिश्रले जानकारी दिए ।

 

यसैबीच जिल्ला युवा समितिको कार्यलयले युवाका सवालहरु मिडियामा उठान गर्न आह्वान गरेको छ । युवाहरुका साझा मुद्धा मिडियामा उठान गरेपछि मात्र निकास हुने भएकाले युवाहरुका मुद्धा उठान गर्न जिल्ला युवा समितिका अध्यक्ष लिलबहादुर विकले बताए ।

 

उज्यालो अनलाइन बाट

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top