बाम एकता प्रयास भंग हुने स्थितिमा, भोलि निर्णायक वार्ता !

सिन्धुली साैगात संवाददाता,सिन्धुली २०७४ माघ २४ गते बुधवार काठमाडौं

 

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रयास भंग हुने स्थितिमा पुगेको छ । पछिल्लो छलफल नकारात्मक बन्दै गएपछि दुईपार्टीबीचको एकताको सम्भावना भंग हुने स्थितिमा पुगेको हो ।

 

तर अन्तिम प्रयासका रुपमा भोलि एक पटक छलफल हुने स्रोतले जनाएको छ । भोलि बिहिबारका लागि पार्टी एकता संयोजन समितिको बैठक बोलाईएको छ । भोलिको बैठक नै अन्तिम हुने स्रोतको दावी छ ।

 

पार्टी कार्यालय पेरिसडाँडामा पार्टी कार्यकर्तासँगै भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब पार्टी एकता नहुने दिशामा अगाडि बढेको बताए । ‘ लगभग एकताको संभावना सकियो ।’ प्रचण्डले कार्यकर्तालाई सम्बोधन गर्दै भने– सैद्धान्तिक कुरा छोड्न अनि सह–अध्यक्ष पनि दिन नसकिने कुरा आयो । ’

 

छलफलमा सहभागी स्रोतका अनुसार लगभग पार्टी एकताको सम्भावना सकिएको छ । एमालेले मधेशवादी दलसँग मिलेर सरकार बनाउन छलफल गरेको भन्दै प्रचण्डले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताए ।

 

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मधेशवादी दललाई नछुटाउँन ओलीलाई सुझाव दिएको अध्यक्ष प्रचण्डलाई उधृत गर्दै स्रोतले जानकारी गरायो । एमालेले मधेशवादी दलसरकार मिलेर सरकार बनाउन आन्तरिक तयारी सुरु गरिसकेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top