विद्यालयको लापरवाहिका कारण विद्यार्थी परिक्षा दिन बन्चीत

रविद्र भट्टराई ,दुधौली,(सिन्धुली) २०७४ माघ २१ गते आइतवार काठमाडौं

 

विद्यालयको लापरवाहिका कारण दुधौली नगरको एक बिद्यालयका विद्यार्थी परिक्षा दिन बाट वञ्चीत भएका छन् ।

 

श्री मा.वि. लदाभीरका कक्षा ११ मा अध्यनरत २ जना विद्यार्थीहरुले भरेको रजिष्ट्रेशन फर्म राष्ट्रिय परीक्षा वोर्डमा नबुझाई दिदा ११ को परिक्ष दिन र १२ कक्षामा भर्नाबाट बन्चित भए सगैँ पठनपाठनबाट पनि वञ्चीत भएका हुन् । स्मृती लामा र सम्जना सुनुवार लगाएतले राष्ट्रिय परीक्षा वोर्डको परीक्षा दिन नपाउने भएका हुन् ।

 

तर विद्यालयलाई उनिहरुले ३२ गते साउन २०७४ नै प्रवेश शुल्क, मासिक शुल्क, रजिष्ट्रेशन फर्म शुल्क लगाएत गरी २ हजार २ सय २५ रुपयाँ विद्यालयलाई वुझाई सकेका छन् । रजिष्ट्रेशन फर्म नभरी विद्यालयले रजिष्ट्रेशन फर्म शुल्क लिन नपाउने श्रोत केन्द्रका आर.पि. लिल बहादुर श्रेष्ठले बताए ।

 

यसरी हेर्दा विद्यालयले ति विद्यार्थीको रजिष्ट्रेशन फर्म भरेको बुझीन्छ । विद्यालयका प्रध्यानध्यपक मोहन शाहिले विद्यार्थीलाई बारम्वार सूचना दिएको तर विद्यार्थीले वास्ता नगरेकाले यस्तो भएको बताए । यस्ता ६,७ जना विद्यार्थीमा यस्तो समस्या आएको प्र.अ. शाहीको भनाई छ ।

 

परीक्षा दिन नपाउने समुहका विद्यार्थी सम्जना सुनुवार नियमीत स्कुल गएको र फर्म समेत भरेको तर विद्यालयको लापरवाहिले यस्तो भएको बताउछिन् । यस्तो समस्या लिएर प्र.अ. शाही राष्ट्रिय परीक्षा वोर्ड जनकपुर पुगेको राष्ट्रिय परीक्षा वोर्ड जनकपुरका प्रमुख चुडामणी फुयाल स्वीकारे ।

 

विद्यालयलाई एक हजार पेनाल्टी लिने गरी गोरखापत्रमा सूचना निकाली यस्ता धेरै विद्यालयलाई एक हप्ताको समय दिईएको पनि फुयालले बताए । समय दिए पनि मा.वि. लदाभिरले भने वेवास्ता गरेको फुयालको भनाई छ । सिधै विद्यालयको गल्ती भएकाले अब यस्ता गल्ती नदोहोर्‍याउन स्कुल प्रशासन चनाखो हुनु पर्ने फुयालको भनाई छ ।

 

यसरी विद्यालयले विद्यार्थीसँग प्रवेश शुल्क, मासिक शुल्क, रजिष्ट्रेशन फर्म शुल्क समेत लिईसकेपछि विद्यार्थीको रजिष्ट्रेशन फर्म छुट्नु र सोही कारण विद्यार्थीले परीक्षा दिनबाट बञ्चित हुनुमा विद्यालयको लापरबाही देखिन्छ । यस्तो कार्यले विद्यार्थीको भविष्यमाथी खेलवाड भएको छ ।

 

यसबाट पाठ सिक्दै आगामी दिनमा यस विद्यालय मात्र नभएर अन्य विद्यालयले पनि यस्तो गैरजिम्मेवारी काम नहोस भन्ने अभिभावकहरुको गुनासो रहेको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top