सिन्धुलीमा साँस्कृतिक महोत्सव हुदै

सिन्धुली साैगात संवाददाता,सिन्धुली २०७४ माघ २० गते शनिवार काठमाडौं

 

सिन्धुलीमा साँस्कृतिक महोत्सव २०७४ साथै नाच्छ सिन्धुली सिजन– २, २०७४ ग्राण्ड फिनाले हुने भएको छ । भिभिट इभेन्ट सिन्धुलीको आयोजनामा यही माघ २९ गते देखि फागुन ९ गते सम्म साँस्कृतिक महोत्सव २०७४ साथै नाच्छ सिन्धुली (सिजन –२) २०७४ ग्राण्ड फिनाले हुन लागेको भिभिट इभेन्ट सिन्धुलीले शुक्रवारपत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

 

महोत्सवले जिल्लाको कला सँस्कृतिलाई प्रबद्र्धन गर्ने, नयाँ कलाकारहरुको खोजी गर्ने र घरेलु उत्पादनहरुलाई समेट्ने भिभिट इभेन्ट सिन्धुलीका निर्देशक राज पाख्रीनले बताए ।

 

महोत्सवमा कृषि, घरेलु उत्पादन, होटल, घरायसी सामाग्री, सवारी साधन लगाएतका १२० वटा स्टलहरु रहने आयोजकले जनाएको छ । महोत्सव आवलोकनका लागी प्रवेश शुल्क ५० रुपैया शुल्क लाग्ने र विद्यार्थी, अपाङ भएका व्यक्ति, जेष्ट नागरिकहरुलाई ३० रुपैया शुल्क लाग्ने निर्देशक पाख्रिनले बताए ।

 

महोत्सवमा स्थानिय तथा राष्ट्रियस्तरका कलाकारबाट साँगीतिक प्रस्तुती हुनका साथै विभिन्न मनोरञ्जनात्क खेलहरु हुने आयोजकको भनाई छ ।

 

साथै महोत्सवमा नाच्छ सिन्धुली सिजन २ को फाइन पनि हुने आयोजकको भनाई छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top