शत्रु गतेको आज दोस्रो गीत सार्वजनिक(भिडियो सहित)

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ १७ गते बुधवार काठमाडौं

 

 

बुहप्रतिक्षित चलचित्र शत्रु गतेको आज दोस्रो गीत पनि सार्वजनिक भएको छ । मह जोडीद्वारा निर्माण गरिएको यस चलचित्रके “पिरतीको बर्काे” बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीतमा सिनेक्षेत्रमा दर्शकहरुले निकै रुचाईएको जोडी आँचल शर्मा र पल शाहको जोडी फिचरिङ भएका छन् ।

 

 

कालिप्रसाद बास्कोटाको आवाज , संगित र अर्जुन भट्टराईको शब्दमा रहेको उक्त गीत पनि पहिलो गीत “रुपै मोहनी” जस्तै सफल हुने विश्वास निर्माण युनिटले गरेको छ । ‘जात्रा’ निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भइरहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक-दीपा ,शिवहरी पौड्याल , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , बसुन्धरा भुषाल , किरण केसी , राजाराम पौड्याल , नरेन्द्र कंसकार लगायतका हाँस्य कलाकारहरुको अभिनय रहेको छ ।

 

चलचित्रमा रमिला आचार्य र यशोदा सुवेदीको लगानी रहेको छ भने कार्यकारी निर्माता भने किरण केसी रहेका छन् । यो चलचित्र आउँदो चैत ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

 

भिडियो:-

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top